विराटनगरमा बास्केटबल प्रतियोगिता : फाइनलमा एभरेष्ट र बिकेभिएम स्कुल आज खेल्दै

<span class='c1'>विराटनगरमा बास्केटबल प्रतियोगिता : फाइनलमा एभरेष्ट</span> <span class='c2'>र बिकेभिएम स्कुल आज खेल्दै</span>

विराटनगर । विराटनगरमा भदौ १५ गतेदेखि जारी विद्यालयस्तरीय बास्केटबल प्रतियोगिताको फाइनलमा एभरेष्ट र बिकेभिएम स्कुल खेल्ने भएका छन् ।

विराटनगर बास्केटबल एकेडेमीले आयोजना गरेको विद्यालयस्तरीय बास्केटबल प्रतियोगिताको फाइनल खेल आज दिउँसो ३:३० बजे डिपिएस स्कुलको बास्केटबल कोर्टमा हुने भएको हो ।

लिग चरणमा कुल २४ खेल भएका थिए । सबै सहभागी स्कुलले ६ खेल खेलेको प्रतियोगिताका संयोजक त्रिलोक बास्तोलाले जानकारी दिए।

प्रतियोगितामा सगरमाथा, बिकेभिएम, डिपिएस, डन बोस्को, एभरेष्ट, अरनिको, पोखरिया, सेन्टजोसेफ स्कुल सहभागि रहेका छन् । विद्यार्थीहरुमा रहेको प्रतिभाको प्रफुष्टन गर्दै बास्केटबल खेलको विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतियोगीताको विजेतालाई ट्रफी,मेडल र प्रमाणपत्रको व्यवस्था रहेको आयोजकले जनाएको छ। म्यानअफ द म्याच र सर्वोत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था रहेको संयोजक बास्तोलाले जानकारी दिए ।

तेस्रो विराटनगर बास्केटबल प्रतियोगितामा महिला र पुरुष गरी १२ वटा टिम सहभागीता रहेको थियो। जसमा पुरुषतर्फ विकेभीएम स्कुल र महिलातर्फ अरनिको स्कुल विजेता भएका थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्