विराटनगर । विराटनगरका महानगर प्रहरीले जनता समाजवादी (जसपा) का अध्यक्ष राजकुमार यादवमाथि दुर्व्यवहार गरेको भन्दै आन्दोलनमा उत्रिएका छन् ।
यादवमाथि बुधबार महानगर प्रहरीले दुर्व्यवहार गरेको थियो । जनु भिडियो अहिले सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको छ ।
जसपा नेतालाई औषधी पसलबाट लछारपछार पार्दै घिसारेर बाहिर निकालेपछि विराटनगर महानगरपालिकाविरुद्ध आन्दोलित भएका हुन् ।
जसपाले बिहिबार नै आन्दोलन गर्ने तयारी गरेको भएपनि सो दिन एमाले उपाध्यक्ष सुवास नेम्वाङ शव अन्तयष्टिका दिन शोक विदा परेकाले शुक्रबारदेखि आन्दोलनको घोषणा गरेका हुन् ।
महानगरको ज्यादती बन्द गर, नगर रक्षकको गुण्डागर्दी चल्दैन, दोषी नगर प्रहरीहरुलाई बर्खास्त गर, महानगर प्रमुखले आफ्नो बचन पुरा गर्न माग राख्दै जसपाका नता तथा कार्यकर्ता यतिबेला महानगर परिसरमा आन्दोलनरत छन् ।
अस्पताल चोकमा विराटनगर महानगरले सडकमा सवारी पार्किङ निषेध क्षेत्र तोको स्थानमा बुधबार ९ बजे सिटी सफारी रोकिराखेको अवस्थामा लक लगाइदिएको र साँझ ५ बजेसम्म पनि लक खोलिएको थिएन ।
त्यतिकैमा यादव अस्पताल चोकमा रहेको स्नेहा फार्मेसीमा पुगेका थिए । त्यही क्रममा सिटी सफारी चालकले चिनेको भएकाले मोरङका नेता यादवलाई सिटीको लक खोलइ दिन आग्रह गरेका थिए । सोही क्रममा नगरप्रहरीलाई लक खुलाउन आग्रह गरेका थिए । तर, केही समयपछि ठूलो टोली भेला भएर पसल घेरेर आफू माथि हातपात भएको बताउदै उनले सो घटनालाई घोर निन्दा गरेको बताउछन्।
उनले आफूले कुनै अपराध नगरेको बताउदै उनले जनताको लागि आवाज उठाउन कहिल्यै पछि नहट्न बताए ।
यता नगर प्रमुख नागेश कोइरालाले वार्ता मार्फत समस्याको समाधान खोज्न आन्दोनरत पक्षलाई आग्रह गरेका छन् । उनले भनेका छन्,‘बसेर छलफल गरौँ म कार्य सम्पादन गर्ने ठाँउमा होला कागजमा सही गर्छु होला तर विराटनगरवासी र मेरोबीचमा कुनै हैसियत छैन हामी सबै बराबर हौँ, विराटनगरवासीलाई त्यही हिसाबले हुर्नुपर्छ ।’