विराट टिचिङमा क्यान्सर रोकथाम सम्बन्धी प्रिभेन्टिभ अंकोलोजी कार्यशाला सुरु

विराट टिचिङमा क्यान्सर रोकथाम सम्बन्धी प्रिभेन्टिभ अंकोलोजी कार्यशाला सुरु

विराटनगर । पछिल्लो समय क्यान्सर रोग सम्बन्धी बिमारी बढेका कारण त्यसको रोकथाम तथा न्युनिकरणको लागि २ दिने प्रिभेन्टिभ अंकोलोजी कार्यशाला सुरु भएको छ ।

नेप्लीज सोसाइटी फर प्राइमरी केयरको आयोजना तथा बिराट क्यान्सर इन्स्टिच्यूटको सहकार्यमा शुक्रबारदेखी मोरङको बुढीगंगा-२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा २ दिने कार्यशाला सुरु भएको हो ।

कार्यशालामा कोशी प्रदेशका क्यान्सर रोग विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा भदौ २९ र ३० गते दिनसम्म जारी रहने विराट मेडिकल कलेज टिचिङ हस्पिटलकी क्यान्सर रोग विशेषज्ञ अस्मिता रायमाझीले जानकारी दिनुभयो ।

कार्यशालामा क्यान्सर रोगले जटिल रूप लिनु अगाडि पत्ता लगाउन सके अधिकांस क्यान्सर पूर्ण रुपमा निको हुन सक्ने भएकोले क्यान्सर रोगको पहिचान गर्न आवश्यक सम्बन्धी क्यान्सर रोग विशेषज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका छन् ।
त्यसैगरी पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पाचन प्रणाली सबन्धी क्यान्सर तथा सुर्तीजन्य पदार्थको सेवनका रोकथाम विधि सम्बन्धी समेत सहभागीहरुलाई तालिम गराइएको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले जनाएको छ ।

गएको ३ बर्षको अन्तरालमा ३६ हजार क्यान्सर रोगका नयाँ बिमारी थपिएको तथ्याङ्कमा उल्लेख छ । क्यान्सर रोकथाम तथा न्युनिकरणको लागी २ दिने प्रिभेन्टिभ अंकोलोजी कार्यशाला भदौ ३० शनिबार सम्पन्न हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्