अभावमा हुर्किदै गरेको खुश्बुको ‘टिचर’ बन्ने सपना

अभावमा हुर्किदै गरेको खुश्बुको ‘टिचर’ बन्ने सपना

सुजता लिम्बू
विराटनगर । उसलाई फेरी विद्यालय जाने इच्छा जागेर आयो । त्यसैले उनी आजभोलि नछुटाई विद्यालय जान थालेकी छिन् ।

दैनिक ज्याला मजदुरी गरेर जीवन चलाउने १४ वर्षीया खुश्बु कुमारी ऋषिदेवको परिवार आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालयको ढोका बन्द भएको थियो । विराटनगर १२ मुसहर बस्तीका अधिकांश बालबालिका विद्यालय जान थालेसँगै उनको पढ्ने चाहना पुनः हौसेर यो। त्यसैले आजभोली बिरामी हुँदा बाहेक दैनिक विद्यालय जाने गरेको उनी सुनाउछिन् ।

कक्षा ६ मा पढ्दै गर्दा परिवारको जिम्मेवारीको बोजले पढाइको यात्रा रोकिएको बताउने उनी आजभोलि विद्यालय छोडेर काममा जान मन लाग्ने सुनाउछिन् । तर, घरको व्यवहार धान्न कहिलेकाँही कामलाई पनि प्राथमिकतामा राख्नुपर्ने उनीसँगै उनको परिवारको बाध्यता पनि छ ।

‘म घरको जेठी छोरी हो नि त, सबै काम मैले गर्नुपर्ने हुन्थयो, त्यसैले एक वर्ष त म विद्यालय जान छोडेर काममा गए,’ उनले सुनाइन्,‘ आफ्नो बस्तीको सबै साथी स्कुल जान थालेपछि मलाई पनि जाने इच्छा लाग्यो अनि मेरो नाम आमाबाले लेखाइदिनुभयो आजभोलि म दैनिक विद्यालय जान्छु ।’
भविष्यमा के बन्ने लक्ष्य छ ?, भन्ने प्रश्नमा हाँस्दै उनी भन्छिन्, टिचर हुन्छु ।’ त्यसो त शिक्षक बन्ने सपना बुनेकी खुश्बुका लागि घरको जिम्मेवारीले कहिलेकाँही सपना पछ्याउन पाइलाहरु नरोकिने पनि होइन । तर, पनि उनी घरको जिम्मेवारी र पढाईलाई सँगै साथ लिएर हिँड्ने गरेको सुनाउछिन् ।
सिजन अनुसार घर धान्न ज्यालामा काम गर्नुपर्ने बाध्यता भएकाले पनि नचाहदा नचाहादै उनको विद्यालयमा हाजिर छुट्ने गरेको छ ।
धान काट्ने समयमा खेताला जाँदा घरखर्च जोहो हुने हुँदा उनी धान काट्न अर्काको खेतसम्म पनि पुग्ने गरेको बताउछिन् ।
त्यसो त खुश्बु बस्ने बस्तीमा खुश्बु मात्रै होइन उनकै उमेरका अधिकांश बालबालिका सिजनमा विद्यालय छुटाएर काममा जाने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्