वासिङ्टन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सोमबार अमेरिकाले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) का ८३ प्रतिशत कार्यक्रमहरू रद्द गरिरहेको बताउनु भएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा एक कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभयो, जसमा उनको प्रशासनलाई विदेशमा खर्चको मूल्याङ्कन गर्न समय दिनको लागि सबै अमेरिकी वैदेशिक सहायता रोक्न माग गरिएको थियो । “छ हप्ताको समीक्षा पछि, हामी आधिकारिक रूपमा युएसएआईडीका ८३५ कार्यक्रम रद्द गर्दैछौं,” रुबियोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उल्लेख गर्नुभयो ।
“अहिले रद्द गरिएका पाँच हजार २०० सम्झौतामा अरबौं डलर खर्च गरिएको थियो, जुन संयुक्त राज्यको मूल राष्ट्रिय हितहरूसँग मेल खाँदैन र केही अवस्थामा हानि पनि पुर्याएको थियो ।”
“युएसएआईडीले विश्वभर अमेरिकी मानवीय सहायता प्रदान गर्दछ । लगभग १२० देशहरूमा स्वास्थ्य र आपतकालीन कार्यक्रमहरू सञ्चालन गर्दछ ।”
रुबियोले सोमबार विशेष गरी सरकारी विभागहरूमा लागत कटौती र रोजगार कटौती गर्ने अभियानमा अरबपति एलोन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभाग (डीओजीई) लाई धन्यवाद दिनुभयो ।
ट्रम्प र उनका सहयोगीहरूले विदेशी सहयोग बेकार भएको र अमेरिकी हितमा नरहेको तर्क गरेका छन् । साथै, सहायता कटौतीले कमजोर मानिसहरूको जीवन जोखिममा पार्न सक्ने सहायता समूहहरूले तर्क गरेका छन् । एएफपी/रासस