पाठेघरको क्यान्सर विरुद्धको खोप कोशी अस्पतालमा लगाइदै, कुन-कुन उमेर समूले लगाउन मिल्छ ?

पाठेघरको क्यान्सर विरुद्धको खोप कोशी अस्पतालमा लगाइदै, कुन-कुन उमेर समूले लगाउन मिल्छ ?

विराटनगर । कोशी अस्पतालमा महिलाको पाठेघरको क्यान्सर विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

भदौ २८ गतेदेखि उक्त खोप सञ्चालनमा आएको अस्पतालले जनाएको छ । अस्पतालको अनुसार अब खोप लगाउने मिति एकदिन मात्रै बाँकी छ अर्थात ३० गतेसम्म मात्रै बाँकी रहेको छ ।

१४ वर्ष पुगेको र १५ वर्ष मूनिका बालबालिकालाई खाप दिँदै आइरहेको छ । भने जन्ममिति २०६५ भाद्र महिना देखि २०६६ साउनसम्म रहेको बालिकाहरुलाई उक्त खोप दिइने गरेको मोरङ जिल्लाका एच.ए. खेहरु यादले जानकारी दिए । उनका अनुसार यो खोप दुई पटक लिनपर्ने हुन्छ । यो पहिलो डोजको खोप दिइरहेको बताउदै उनले भन्,‘यो खोप लगाएको ६ महिनाको अन्तरालमा अर्को दोस्रो डोज लगाइन्छ ।’

तोकिएको उमेर समूहका बालिकाहरुले आफ्नो उमेर खुल्ने प्रमाण पेशगरी उक्त खोप लगाउन अनुरोध गर्दै उनले भविष्यमा यस प्रकारको रोगबाट बच्च समेत आग्रह गरे ।

खोप निःशुल्क र सुरक्षित रहेको समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्