विनायक स्कुलले मनायो बाल दिवस

<span class='c1'>विनायक स्कुलले मनायो</span> <span class='c2'>बाल दिवस</span>

विराटनगर । विराटनगर १२ स्थित विनायक बोर्डिङ सेकेन्डरी स्कुलले राष्ट्रिय बाल दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु गरी बाल दिवस मनाएको छ । नर्सरीदेखि कक्षा १० सम्मका बालबालिकाहरुले नृत्य, गायन, नाटक, कविता वाचन तथा आत्मरक्षा सम्बन्धि विभिन्न क्रियाकलापहरु प्रस्तुत गरेका थिए ।

उक्त अवसरमा गत हप्ता झापामा सम्पन्न इंडो नेपाल सेल्फ डिफेंस प्रतियोगितामा उत्कृष्ट स्थान प्राप्त गर्न सफल विद्यालयका छात्र मोहमद सदाब तथा छात्रा इच्छा सिंहलाई खादा ओढ़ाई प्रिंसिपल मिथिलेश ठाकुरले बधाई तथा शुभकामना व्यक्त गरे । कार्यक्रमलाई सार्थक रूप दिन स्कुलका अतिरिक्त क्रियाकलाप प्रमुख शिक्षक तथा शिक्षिका साहिद अनवर तथा इशारा गुरुङले महत्त्वपूर्ण योगदान दिएको विद्यालयका प्रशासक रिजेश खड्काले बताए ।

बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी नाराका साथ राष्ट्रिय बाल दिवस बालबालिकाको महत्व र अधिकारको प्रवद्र्धन गर्ने माध्यम भएको विद्यालयका निर्देशक कमलेश ठाकुरले बताए । उनले, बालबालिकाहरू हाम्रो देशको भविष्य हुन् र उनीहरूको शिक्षा र कल्याणमा लगानी गर्नु महत्त्वपूर्ण रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्