बाल दिवसको अवसरमा शिक्षादीप कलेजद्वारा शैक्षिक सामाग्री वितरण

बाल दिवसको अवसरमा शिक्षादीप कलेजद्वारा शैक्षिक सामाग्री वितरण

विराटनगर । विराटनगर ९ मा रहेको शिक्षादीप कलेजमा अध्ययनरत विद्यार्थीहरूको क्लब शिक्षादीप स्टुडेन्टस क्लबका विद्यार्थीहरुले राष्ट्रिय बालदिवसको अवसरमा शैक्षिक सामाग्री र फलफूल वितरण गरेका छन् ।

पूर्वाञ्चल वाल सेवा आश्रममा शुक्रबार एक कार्यक्रमको आयोजना गरी शैक्षिक सामाग्री एवं फलफूल वितरण गरेका हुन् । विद्यार्थीहरुलाई सामाजिक उत्तरदायित्वको बोध गराउने अभिप्रायले विद्यार्थीहरु द्वारा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुबाट सहयोग स्वरूप संकलित रकममा कलेजले थप गरी उक्त सामाग्रीहरु आश्रमका संस्थापक सीता पोखरेललाई शुक्रबार हस्तान्तरण गरिएको हो । कलेजका संस्थापकहरु शैलेन्द्र शिवाकोटी, को–अर्डिनेटर शंकर भट्टराई र संस्थापक गणेश गौतम तथा विद्यार्थीहरुले वितरण गरे ।

कोशी प्रदेशकै उत्कृष्ट कलेजका रूप स्थापित शिक्षादीप कलेजले यस अघि पनि सामाजीक उत्तरदायित्व अन्तर्गत कोरोना महामारीका बेला अक्सिजन, पि.पि.ई लगायत ठूलो परिमाणमा खाद्यन्न सामाग्रीहरु पनि वितरण गरेको को–अडिनेटर भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्