खानेपानी संस्थानलाई बन्धक बनाउने छुट कसैलाई छैन : अध्यक्ष धमला

<span class='c1'>खानेपानी संस्थानलाई बन्धक बनाउने छुट</span> <span class='c2'>कसैलाई छैन : अध्यक्ष धमला</span>

विराटनगर । नेपाल खानेपानी संस्थान कर्मचारी संघका केन्द्रीय अध्यक्ष केदार धमलाले खानेपानी संस्थानलाई बन्धक बनाउने छुट कसैलाई नभएको बताएका छन् । संविधानको मौलिक अधिकार खानेपानीलाई खारेज गर्ने छुट समेत कुनै पनि सरकारलाई नभएको उल्लेख गरे ।

नेपाल खानेपानी संस्थान कर्मचारी संघ केन्द्रीय समिति अन्तर्गत युवा उपसमितिद्वारा विराटनगरमा आयोजित ११० औं बीपी जयन्ती तथा कार्यालय परिसरमा गरिएको बृक्षरोपण कार्यको उद्घाटन गर्दै अध्यक्ष धमलाले कर्मचारीको भविष्य नै संस्थान भएकाले संस्थान जोगाउन सवै एकजुट भएर लाग्नु पर्ने समय आएको उल्लेख गरे ।


युवा समितिका संयोजक मनोज अधिकारीको अध्यक्षता र सचिव सन्दीप अर्यालको सञ्चालनमा रहेको कार्यक्रममा प्रमुख अतिथि धमलाले कार्यरत सवै कर्मचारी र मिलेर संस्थान बचाउने अभियानमा होमिन अनुरोध गरेका थिए । कार्यक्रममा नेपाल सार्वजनिक सेवा कर्मचारी संघ कोषी प्रदेश अध्यक्ष प्रकाश सापकोटाले पानीको महत्वलाई सरकारले उपेक्षा गर्न नसक्ने बताए । बाल दिवसको समेत शुभकामना दिएका सापकोटाले नागरिकलाई संस्थान र कार्यरत कर्मचारीको सेवालाई गहन ढंगबाट बुझाउने अभियानमा लाग्न अनुरोध गरेका थिए ।


कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस कोषी प्रदेश अध्यक्ष नारायण बाबु कार्की, मोरङ जिल्ला अध्यक्ष सुशील कोइराला, नेपाल सार्वजनिक सेवा कर्मचारी संघका जिल्ला अध्यक्ष सुरेन्द्रप्रसाद साह, नेपाल खानेपानी संस्थान कार्मचारी संघका पूर्व पूर्वान्चल उपाध्यक्ष मणिकुमार मास्के, संघका केन्द्रीय सदस्य अनुभा अर्याल, हरि अधिकारी, युवा समितिका कोषाध्यक्ष कल्पना खतिवडा, नेपाल खानेपानी संस्थान कर्मचारी संघ विराटनगर इकाई समितिका अध्यक्ष विरेन्द्रकुमार यादव लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा उल्लेख्य सहभागिता रहेको कर्मचारीले विभिन्न गुनासो तथा सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्