चौथो विराटनगर बास्केटबल प्रतियोगिताको उपाधि बिकेभिएमलाई

चौथो विराटनगर बास्केटबल प्रतियोगिताको उपाधि बिकेभिएमलाई

विराटनगर । चौथो संस्करणको विद्यालयस्तरीय विराटनगर बास्केटबल कप प्रतियोगिताको उपाधि बिकेभिएम स्कुलले जितेको छ ।

शुक्रबार भएको फाइनल खेलमा बिकेभिएम स्कुलले एभरेष्ट स्कुललाई ३९-३७ ले हराउँदै चौथो संस्करणको बास्केटबल लिगको उपाधि जितेको हो ।

बिकेभिएम स्कुलका आकाश चौधरीले २० अंक स्कोर गरे र उनी फाइनल खेलको म्यान अफ दि म्याच घोषित भए ।

तेस्रो स्थानको लागि भएको खेलमा सगरमाथा स्कुलले पोखरीया स्कुललाई ३८-२२ ले पराजित गरेको छ। उक्त खेलको म्यान अफ दि म्याच सगरमाथा स्कुलका उत्सव कार्की घोषित भए ।

लिगको इमर्जिङ खेलाडी बिकेभिएमका सन्तोष शाह भए । लिगका मोस्ट भ्यालुएबल प्लेयर एभरेष्टका शिव शाह भए उस्ले रेडमड क्याफे तर्फबाट एक हजार रुपैयाँको फुड भौचर, सुर्य ज्योती लाईफ इन्स्योरेन्सको तर्फबाट तीन लाख बराबरको टर्म लाईफ इन्स्योरेन्स , टिजिएइपीको तर्फबाट ३ महिनाको जिम म्याम्बर्शिप र एक्स्पर्ट एजुकेसनको गिफ्त ह्याम्पर्स प्राप्त गरे।

प्रतियोगिताको बिजेता र उपबिजेताले ट्रफी, मेडल र प्रमाण पत्र कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सदस्य भीम पराजुली, कोशी प्रदेश बास्केटबल संघका अध्यक्ष मनिष गुरुङ, एनवाईईएफ विराटनगरका अध्यक्ष रन्जित भगत, विराटनगर ईन्टरनेशनल कलेजका बिजिनेश डेभलपमेन्ट हेड बिबेक दाहाल र एक्स्पर्ट एजुकेसनका निर्देशक अनुभव दाहाल लगायतले वितरण गरेका थिए ।

प्रतियोगितामा सगरमाथा, बिकेभिएम, डिपिएस, डन बोस्को, एभरेष्ट, अरनिको, पोखरिया, सेन्टजोसेफ स्कुल सहभागि रहेका छन् । विद्यार्थीहरुमा रहेको प्रतिभाको प्रफुष्टन गर्दै बास्केटबल खेलको विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ। होम एण्ड अवेअन्तर्गत सम्पन्न लिग भदौ १५ गतेबाट सुरु भएको थियो।

अगामी दिनहरुमा समेत लिग चरणको प्रतियोगितालाई निरन्तरता दिदै जाने विराटनगर बास्केटबल एकेडेमीका अध्यक्ष सरोज लम्सालले बताए ।

तेस्रो विराटनगर बास्केटबल प्रतियोगितामा महिला र पुरुष गरी १२ वटा टिम सहभागीता रहेको थियो। जसमा पुरुषतर्फ विकेभीएम स्कुल र महिलातर्फ अरनिको स्कुल विजेता भएका थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्