रवी शंकर स्कुलका शिक्षक तथा अभिभावकलाई डिजी स्कुलको अभिमुखिकरण

रवी शंकर स्कुलका शिक्षक तथा अभिभावकलाई डिजी स्कुलको अभिमुखिकरण

विराटनगर । विराटनगर २ मा रहेको श्री श्री रविशंकर स्कुलका अभिभावक तथा शिक्षकहरुलाई बेलायतको आइटी र्कोस ‘डिजी स्कुल’ ले एक दिने अभिमुखिकरण गराएको छ ।
बेलायत सरकार मातहतमा दर्ता भई विद्यालय र उच्च शिक्षा सम्बन्धि पाठ्यक्रम निर्माण गर्ने नेशनल कम्प्युटिङ सेन्टर युकेले विद्यालय तहको लागि तयार गरेको कम्प्युटर कोर्स डिजीलाई अभिभावक तथा शिक्षकहरुलाई अभिमुखिकरण गराएको हो ।
डिजी स्कुलले नेपालका विभिन्न स्कुलहरुसँग डिजी स्कुल पार्टनरसिप प्रोग्राम अन्तर्गत ८० वटा भन्दा विद्यालयहरुमा लागु गरेको छ । यसैविच विराटनगरमा पहिलो स्कुलको रुपमा श्री श्री रवी शंकर स्कलसँग पार्टनसिप गरी यो प्रोग्राम संचालन गरेको हो ।

२१ शौं शताब्दीको प्रमुख आवश्यकता तार्किक क्षमता, समस्या सामाधान गर्न सक्ने क्षमता र सञ्चार तथा सहकार्य क्षमताहरुको अभिबृद्धिलाई आत्मसात गरि कक्षा १ देखि १२ सम्मका बिद्यार्थीहरुका लागि विद्यालयहरुको सहकार्यमा यो कोर्षलागु गर्दै आइरहेको छ ।

डिजी कोर्सबाट कोडिङ, कम्प्युटरमा आधारित सोच्ने क्षमता, अनलाइन सुरक्षा र डिजिटल साक्षरतामा आधारित कोर्स विद्यार्थीले विद्यालय तहमै वेबसाईट, र मोबाइल एप बनाउन सिक्नेछन् भने भविष्यमा आइटी अध्ययन गर्न थप सहज हुने डिजी स्कुललका प्रतिनिधी सुमन बस्यालले जानकारी दिनुभयो ।
यो कार्यक्रमले विद्यालयहरुका शिक्षक तथा अभिभावकहरुको क्षमता अभिवृद्धिको लागि पनि विभिन्न प्रकृतिको तालिम तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्दै बस्यालले बताउनुभयो ।
डिजी कोर्सको सिकाईलाई जीवन उपयोगी बनाउन विद्यालयहरु मै गएर विद्यार्थी शिक्षक र अभिभावकलाई विभिन्न परियोजनाहरु संचालन गरी नेपालमै पहिलो पटक विद्यालय तहमा ईन्टरनेट अफ थिङ्स (आइओटि) को निर्माण र प्रदर्शनी गर्दै आएको डिजी स्कुलले जनाएको छ । डि
जी स्कुलले काठमान्डौ , पोखरा, बुटवल, विराटनगर , धरान , ईटहरी र ईनरुवा लगायत ८० वटा भन्दा बढी विद्यालयहरुसँग सहकार्य गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्