‘ दुहवी मिसेस तिज २०८० ’को सम्पुर्ण तयारी पुरा, असोज १ गते ग्राण्ड फिनाले

<span class='c1'>‘ दुहवी मिसेस तिज २०८० ’को सम्पुर्ण</span> <span class='c2'>तयारी पुरा, असोज १ गते ग्राण्ड फिनाले</span>

विराटनगर । गृहणी महिलाहरुको व्यक्तित्व तथा नेतृत्व विकास निम्ती आयोजना गरिएको ‘मिसेस तिज २०८०’ को सम्पुर्ण तयारी पुरा भएको छ ।
सुनसरीको दुहवीमा रहेको दुहवी जेसीजको आयोजना तथा दुहवी नगरपालीकाको संयोजनमा जारी तेस्रो संकरणको ‘मिसेज तिज २०८०’को सम्पुर्ण तयारी भएको हो ।


‘मिसेज तिज २०८०’ को आयोजक दुहवी जेसीजले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी सम्पुर्ण कार्य पुरा भई आगामी असोज १ गते ग्राण्ड फिनालेको तयारीमा जुटेको जनाएको छ ।
संस्कृती जगेर्ना गर्न र भड्किलो हुँदै गएको तीज पर्वलाई विकृति हुनबाट रोक्न साथै विवाहित महिलाको क्षमता अभिवृद्धि तथा अन्तर निहित प्रतिभाको प्रष्फुटन गराउने उद्धेश्यले दुहवी जेसीजले विगत २ बर्षदेखी मिसेस तीज गर्दै आएको छ ।


दुहवी नगरपालिकाका १२ वटै वडा तथा छिमेकी गाउँपालिकाका ३० जना विवाहित महिलाहरु फाईनलमा प्रतिस्प्रधामा उत्रने दुहवी जेसीजका नि–वर्तमान अध्यक्ष दिपेश राउतले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई नगद २० हजार १ सय सहित आर्कषण गिप्ट ह्याम्पर प्रदान गरिने राउतले बताउनुभयो । राउतका अनुुसार दोस्रो हुनेलाई १५ हजार १ सय र तृतिय हुनेलाई १० हजार १ सय र अन्य विभिन्न उकृष्ट टाईटलमा पनि नगद सहित गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।


फाईनल राउण्ड असोज १ गते दुहवी वडा नं ४ मा रहेको आफ्टर डार्क पार्टी प्यालेसको हलमा संचालन हुने दुहवी जेसीजका अध्यक्ष सुष्मा चौधरीले जानकारी दिनुभयो
हराउदै गएको संस्कार सस्कृतीको जर्गेना गर्ने उदेस्य सहित आयोजना गरिएको यसपटकको ‘मिसेस तिज २०८०’ प्रतियोगिता फरक र उत्कृष्ट तरिकाले गर्न लागिएको अध्यक्ष चौधरीले बताउनुभयो ।


प्रतियोगितमा सहभागीहरुलाई ¥याम्प वाक, स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम , व्यक्तित्व विकास तथा आत्मनिर्भर सम्बन्धी प्रशिक्षण साथै विभिन्न उद्योग तथा कलकारखानाहरुको अवलोकन समेत गराइएको आयोजकले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्