नेपाल डेन्टल एसोसिएसन गरे आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द

<span class='c1'>नेपाल डेन्टल एसोसिएसन गरे आकस्मिक</span> <span class='c2'>बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द</span>

विराटनगर । चिकित्सक माथि भएको आक्रमणको विरोधमा नेपाल डेन्टल एसोसिएसन ( मोरङ) ले आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।

सञ्चो अस्पतालमा कार्यरत चिकित्सकद्धय डा. विकास थापा र डा. प्रशान्त विडारी बिरामीहरुको उपचार गरिरहेको अवस्थामा आक्रमणको घटनामा संलग्न दोषिलाई कारबाहीको माग राख्दै नेपाल डेन्टल एसोएिसनले आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको हो ।

उनीहरुले विज्ञप्ति जारी गर्दै यस्तो निर्णय गरेको हो ।
‘मिति २०८० भाद्र २७ गतेका दिन नेपाल चिकित्सक संघका आजिवन सदस्यद्वय डा. विकास थापा र डा. प्रशान्त विडारी माथी सन्चो अस्पताल हेटौंडामा बिरामीहरुको उपचार गरिरहेको अवस्थामा साघातिक आक्रमण गरि गम्भिर घाईते बनाएको घटना प्रति नेपाल डेन्टल एसोसिएसन, मोरङ शाखाको गम्भीर ध्यानाकर्षण भएको छ । चिकित्सक माथी साघातिक आक्रमण जस्तो जघन्य घटनामा संलग्न दोषीलाई अविलम्ब कारबाहीको दायरामा ल्याई कडा भन्दा कडा कारबाहीको माग राख्दै नेपाल चिकित्सक संघको निर्णय अनुसार मिति २०८० भाद्र ३१ गते आईतबार देशभरका सम्पुर्ण सरकारी तथा निजी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल क्लेज, निजि अस्पताल तथा किल्निकहरुमा आकस्मिक बाहेकका सम्पुर्ण स्वास्थ्य सेवा बन्द गर्ने कार्यक्रममा यस शाखाको पुर्ण साथ, सहयोग एवं एक्यवद्धता रहेको कुरा सम्बन्धित सबैमा यसै विज्ञप्ति मार्फत जानकारी गराईन्छ ।’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै उक्त निर्णयको पुर्ण कार्यान्वयनका लागि सम्पुर्ण दन्त चिकित्सकहरुमा अनुरोध समेत गरेका छन् ।
दोषी माथि कारबाहीको माग राख्दै ७२ घण्टे अल्टिमेटम दिएको भएपनि सरकारले केही कदम नगरेको भन्दै आकस्मिक बाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरिएको नेपाल डेन्टल एसोसिएसन मोरङका महासचिव डा. विवेक कुमार महतोले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्