मिस्टर विराटनगर असोज २७ गते हुने

मिस्टर विराटनगर असोज २७ गते हुने

विराटनगर । विराटनगरमा मिस्टर विराटनगर बडिबिल्डीङ्ग प्रतियोगिता हुने भएको छ ।

विराटनगर बडिबिल्डीङ्ग एण्ड फिटनेश महासंघको आयोजनामा असोज २७ गते शनिबार प्रतियोगिता हुने भएको हो ।

जसका लागि क्लबहरुकि प्रतिनिधि र साथै च्याम्पियनशीपमा खेलाडीहरूले निवेदन २ दिन अगाडि नै नाम रजिस्ट्रेसन गरिसक्नु पर्ने समेत आयोजकले जानकारी दिएको छ ।

खेलाडीहरुले ५५ केजी , ६० केजी , ६५ केजी , ७० केजी तौल र त्यो भन्दामाथिको तौलमा सहभागिता जनाउन सक्ने विराटनगर बडिबिल्डीङ्ग एण्ड फिटनेश महासंघको अध्यक्ष विराज रायमाझीले बताए । विराटनगर महानगरपालिका भित्रका साथै विराटनगर बाहिरबाट अध्ययनका लागि आएकाहरुका लागि वडाको सिफारिस वा आफू अध्ययन गरेको कलेजको सिफारिसको आधारमा पनि प्रतियोगितामा भाग लिन पाइने अध्यक्ष रायमाझीले जानकारी दिए ।

‘विराटनगर महानगरपालिका भित्रको लागि रहेको यो प्रतियोगिता विराटनगर बाहिरबाट आएर अध्ययन गर्दै गरेकाले पनि भाग लिन सक्छन्, जो विराटनगरमा तीन वर्षदेखि बस्दै आइरहेका छन् उहाँहरुले पनि प्रतियोगितामा भाग लिन पाउनुहुन्छ।,’ उनले भने,‘विराटनगर बाहिरबाट आउनेहरुका लागि आफू बसेको वडा वा आफू पढ्दै गरेको कलेजको सिफारिस चाहिन्छ, तर विराटनगर बसेको तीन वर्ष भएको हुनुपर्छ ।’ मिस्टर विराटनगरमा भाग लिएका मध्ये विजेतालाई एक लाख रुपैयाँले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्