दुई महिनाका लागि विराटनगरको केही स्थानलाई तोकियो निषेधित क्षेत्र

दुई महिनाका लागि विराटनगरको केही स्थानलाई तोकियो निषेधित क्षेत्र

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले दुई महिनाका लागि निषेधित क्षेत्र तोकेको छ ।

कोशी प्रदेशको राजधानी विराटनगरलाई केन्द्र बनाएर विविध समूह लगायत बाट विरोध, धर्ना, जुलुस, आयोजना गरी विरोधका कार्यक्रमहरु भइरहने हुँदा उक्त गतिविधिबाट शान्ति सुरक्षामा असर पर्न सक्ने भएकोले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज एवं सामान्य तुल्याउन निषेधित क्षेत्र तोकिएको हो ।

जिल्ला सुरक्षा समिति मोरङको निर्णयानुसार १ गते विहान ०६ बजेदेखि २ (दुई) महिनासम्मको लागि निषेधित क्षेत्र तोकिएको जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गर्दै जानकारी दिएको हो ।

कुन-कुन स्थान तोकियो निषेधित क्षेत्र ?

प्रदेश सभा पुर्वमा देवकोटा चोक देखि पश्चिममा कोशी अस्पताल चोक क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोक देखि दक्षिण जतुवा चोक क्षेत्र,मुख्यमन्त्री निवास वरिपरि ३०० मिटर क्षेत्र, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि ३०० मिटर क्षेत्र,जिल्ला प्रशासन कार्यालय, मोरङ डाँफे चोक देखि पुर्व निषेधित क्षेत्र तोकिएको छ ।

"सर्वसाधारण तथा सवारी साधन आवत जावत बाहेक कुनैपनि किसिमको सभा, जुलुस, भेला, र्याली, धर्ना जस्ता कार्यहरु गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३क) बमोजिम निषेध गरिएकोले सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाश गरिएको छ ।" जारी सूचनामा उल्लेख छ ।
आदेशको उलंघन गरी उल्लेखित कार्यहरु गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने समेत जनाइएको छ ।

प्रदेश नं. १ पुनः नामाकरण संयुक्त संघर्ष समितिद्वारा २ गते विराटनगरमा वृहत मोटरसाइकल र्याली गर्ने जनाउँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्