पहिचानपक्षधरको आज विराटनगरमा बृहत मोटरसाईकल ¥याली, सुरक्षा व्यवस्थापनमा कडा

पहिचानपक्षधरको आज विराटनगरमा बृहत मोटरसाईकल ¥याली, सुरक्षा व्यवस्थापनमा कडा

विराटनगर । कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर आज विराटनगरमा पहिचान पक्षधरले बृहत मोटरसाईकल ¥याली प्रदर्शन गर्ने जनाएको छ ।

यता जिल्ला प्रशासन कार्यालय मोरङले असोज १ गतेबाट कुनै पनि सार्वजनिक स्थानहरुमा भेला तथा जुलुस नगर्न भन्दै सुचना जारी गरेको छ। यस अघि पनि विराटनगरमा पहिचान पक्षधरले पटक पटक कोशी प्रदेशको नामाकरणको विषयमा आन्दोलन गर्दै आएको छ । आन्दोलन कै क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीहरु बिच झडप हुदै आएको थियो ।

पहिचान पक्षधरले आज बृहत मोटरसाईकल ¥यालीसंगै विराटनगरको महेन्द्र चौकमा कोणसभा गर्ने जनाएको छ । यता प्रदेश प्रहरी कार्यलय विराटनगरले सुरक्षा व्यवस्थापनमा कडाईका साथ सुरक्षाकर्मी परिचालन गरेको छ ।


कुनै पनि अप्रिय घटना नघटोस भनेर ७ सय नेपाल प्रहरी र ५ भन्दाबढी सशस्त्र प्रहरी र सादा पोसाकका प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी प्रमुख डिआईजी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

अहिले विराटनगरको महेन्द्र चौक , रोडशेष चौक , मुख्यमन्त्री कार्यालय र निवासमा तैनाथ रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । आज दिउँसो १ बजे ईटहरीमा भेला भई विराटनगरमा आएर कार्यक्रम गर्ने तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्