विराटनगरमा यी पाँच कार्यालय नक्सा पास नगरेका संरचनामा, दशवर्षदेखि कर बुझाएन हिमालय टाकिजले

विराटनगरमा यी पाँच कार्यालय नक्सा पास नगरेका संरचनामा, दशवर्षदेखि कर बुझाएन हिमालय टाकिजले

विराटनगर । विराटनगर महानगरपालिकाले पाँच सरकारीसहित तीन निजी संरचनाका सञ्चालकसँग सम्पति तथा वहाल कर बुझाउन अनुरोध गरेको छ । विराटनगर महानगरपालिकाले नक्सा पास नगरी निर्माण भएका संरचनालाई १५ दिने सुचना जारी गर्दै कर बुझाउन आग्रह गरेको हो ।

कर बुझाउन सूचना जारी गरिएकामध्ये हिमालय टाकिज समेत रहेको छ । महानगरपालिकाले विगत दश वर्षदेखि सम्पति, वहाल, व्यवसाय तथा मनोरञ्जन कर बुझाउन हिमालय टाकिजलाई अनुरोध गर्दै आएको छ । महानगरपालिका वित्तीय व्यवस्थापन महाशाखाका प्रमुख सरोज कुमार गौतमका अनुसार कर बुझाउने नमान्नेमध्ये तीनवटाको एक करोड भन्दा कम छ । जसमा हिमालय टाकिज, आर.के.सिटी मल, गुहेश्वरी सोलभेन्ट प्रा.लि. रहेको छ । यीमध्ये हिमालय टाकिज बाहेक गुहेश्वरी सोलभेन्टले नक्सा पास नगरी संरचना बनाएर उद्योग सञ्चालन गरेको र सम्पति, व्यवसाय कर नबुझाएको उल्लेख छ । यसैगरी विराटनगर–८ स्थित आर.के.मल ले नक्सा पास गराएपनि सम्पन्न प्रमाणपत्र नलिएर व्यवसाय तथा सम्पति कर नुबझाएको हो ।

यसैगरी कहिल्यै कर नबुझाएका र बुझाउनु पर्दा एक करोड भन्दा बढी रहेका बाँकी पाँचवटा सरकारी संरचना रहेका छन् । जसमा नेपाल नागरिक उड्डयन कार्यालय, नेपाल व्यापार कम्पनी (कोशी) लि., श्रीकृषी सामाग्र कम्पनी लिमिटेड, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपाल खानेपानी संस्थान विराटनगर रहेका छन् ।

यी संरचनाले नक्सा पास नगरी संरचना बनाएर हालसम्म सम्पति कर नबुझाएका हुन् । यी कार्यालयको सम्पति यकिन गर्नका लागि विराटनगर महानगरपालिकाले प्राविधिकहरुको टोलि खटाएर नाँपजाँच गर्ने तयारी समेत गरेको छ । अहिलेसम्म कर नबुझाएको र नक्सा समेत पास नगरेका यी संरचनाको पहिलो पटक यकिन गर्नका लागि प्राविधिक टोलि खटाएर नाँपजाँच गर्ने तयारी भईरहेृको शाखा प्रमुख गौतमले जानकारी दिए । नेपाल नागरिक उड्डयन कार्यालयले भने नक्सा पास नगरी बनाएको संरचना बहालमा समेत लगाएको छ । महानगरपालिकाले बहालकर समेत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्