विराटनगरमा पहिचानपक्षधरको शान्तिपुर्वक आन्दोलन (फोटो फिचर )

<span class='c1'>विराटनगरमा पहिचानपक्षधरको शान्तिपुर्वक आन्दोलन</span> <span class='c2'>(फोटो फिचर )</span>

विराटनगर । कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर आज विराटनगरमा पहिचान पक्षधरले बृहत मोटरसाईकल ¥याली प्रदर्शन गर्दै कोणसभा गरेको छ ।

सुनसरीको ईटहरीमा भेला भई मंगलबार कोशी प्रदेशको राजधानी विराटनगरमा आएर कोण सभा गरेको थियो । हजारौैको संख्यामा आएका पहिचान पक्षधरका प्रदर्शनकारीहरुले कोशी प्रदेश मान्दैनौ , कोशी प्रदेश नाम खारेज गर जस्ता नारा लगाउदै कोशी प्रदेश सरकार विरुद्ध नारावाजी गरेका थिए ।

यता जिल्ला प्रशासन कार्यालय मोरङले असोज १ गतेबाट कुनै पनि सार्वजनिक स्थानहरुमा भेला तथा जुलुस नगर्न भन्दै सुचना जारी गरेको थियो । तर पहिचान पक्षधरले भने शान्तिपुर्वक कोणसभा गरेको थियो ।

यस अघि पनि विराटनगरमा पहिचान पक्षधरले पटक पटक कोशी प्रदेशको नामाकरणको विषयमा आन्दोलन गर्दै आएको छ । आन्दोलन कै क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीहरु बिच झडप हुँदै आएको थियो । आन्दोलन कै क्रममा पदम लाजेहाङ्गको ज्यान गएको थियो । तर मंगलबारको आन्दोलन भने शान्तिपुर्वक रहेका कारण कुनै पनि अप्रिय घटना भने हुन पाएन ।


आन्दोलनकारी र सुरक्षाकर्मी दुवै पक्षले सम्यमित भएका कारण पनि आजको प्रदर्शन शान्तिपुर्व रहेको प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।

प्रदेश प्रहरी कार्यलय विराटनगरले सुरक्षा व्यवस्थापनमा कडाईका साथ सुरक्षाकर्मी परिचालन गरेको प्रदेश प्रहरी प्रमुख डिआईजी राजेशनाथ बास्तोलाले जानकारी दिए।

कोणसभालाई किराँत राई यायोक्खाका केन्द्रिय अध्यक्ष जीवन हाताचो राई , किरात याक्थुम चुम्लुङ केन्द्रीय समितीका अध्यक्ष प्रेम एक्तेन, पहिचान सहितको प्रदेश नं. १ पुन:नामाङ्कन अभियान समिती महासचिव रामभक्त कुरुम्बाङ, राष्ट्रिय जनमुक्ति पार्टी ६ घटक का अध्यक्ष केपि पालुङ्वा, नागरिक उन्मुक्ती पाटी एकिकृतका सह सचिव पदम अधिकारी लगायतले पहिचानको आधारमा १ नम्बर प्रदेशको पुन नामकरण सहित संविधानमा आदिवासी जनजाती लगायत दलित उत्पिडित विरुद्धमा भएका धाराहरु संशोधन गर्न माग राखेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्