विराटनगरको आदर्श माध्यमिक विद्यालय राष्ट्रिय शिक्षा दिवसका अवसरमा पुरस्कृत

विराटनगरको आदर्श माध्यमिक विद्यालय राष्ट्रिय शिक्षा दिवसका अवसरमा पुरस्कृत

विराटनगर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा विराटनगरको आदर्श माध्यमिक विद्यालय पुरस्कृत भएको छ।

शिक्षा दिवसकाे अवसरमा आज आदर्श मावि पुरस्कृत भएको हाे ।

शिक्षण संस्थाकाे गुणस्तर तथा क्रियाकलाप भएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिसदबाट संचालन गरिएकाे परीक्षासमेतका आधारमा सर्वाेत्कृष्ट नतिजा ल्याउने सफल भएको सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम संचालन गर्ने विद्यालयलाई पुरस्कृत गरिएको हो।

परिषदले गरेकाे मूल्यांकन तथा सिफारिसकाे आधारमा आदर्श माविले राष्ट्रिय स्तरमा ध्वजा ,प्रमाणपत्र र नगद रु एक लाख पुरस्कार प्राप्त गर्न सफल भएकाे छ।

काेशी प्रदेशकै पुरानाे याे विद्यालयमा अहिले प्राविधिक शिक्षा अन्तरगत डिप्लाेमा इन सिभिल इन्जिनियरिङ ,डिप्लाेमा इन कम्प्युटर इन्जिनियरीङ का साथै १८ महिने प्रि डिप्लाेमा र २४ महिने एप्रेन्टिसिप तालिम पनि संचालन भइरहेका छन् ।

याे पुरस्कार विद्यालयका अभिभावकहरुकाे माया , शिक्षक कर्मचारीकाे मेहनतबाट प्राप्त भएकाे साथै जिम्मेवारी थपिएकाे अनुभुती गरेकाे आदर्श माविका प्रअ सन्ताेष पोखरेलले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्