महेन्द्र मोरङमा उत्तरपुस्तिका साटफेर विरुद्ध आन्दोलन, परीक्षा नियन्त्रण कार्यालयको गाडीमा आगो

महेन्द्र मोरङमा उत्तरपुस्तिका साटफेर विरुद्ध आन्दोलन, परीक्षा नियन्त्रण कार्यालयको गाडीमा आगो

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा अध्ययरत विद्यार्थीले दिएको परीक्षाको उत्तरपुस्तिका साटफेर विरुद्ध आन्दोलन चलिरहेको छ । मानवीकी संकाय, स्नातक तह पहिलो वर्ष अग्रेजी विषयको उत्तरपुस्तिका साटफेर गरेको विषय चर्कदैं गएको हो ।

२०७८ मंसिरमा भएको पहिलो वर्षको अंग्रेजी विषयको परीक्षामा ६०००३००८२ सिम्बल नम्बर भएकी सन्ध्या कायस्थले चार पेज भएको उत्तर पुस्तिका थप गरेकी थिइन् । तर, उनको उत्तर पुस्तिकामा गार्डले अर्को सिम्बल नम्बरमा गाभेको आरोप छ । मूलप्रति सन्ध्याकै भएपनि थप उत्तरपुस्तिका गार्ड बसेका क्याम्पसका शिक्षक राजन दत्तले त्यही कोठामा परीक्षार्थी रहेकी छोरी आस्था हमालकोसँग गाभेर पठाएको आरोप लाग्दै आएको छ । त्यहि विषयमा महेन्द्र मोरङ क्याम्पस भित्र आन्दोलन चर्किएको बेला स्नातकोत्तर क्याम्पसको भवनमा रहेको त्रिभुवन विश्वविद्यालय अन्तर्गत परीक्षा नियन्त्रण कार्यालयको सवारी साधनमा बुधबार बिहान आगजनी भएको हो ।

मोरङ क्याम्पसमा सन्ध्या कायस्थको उत्तरपुस्तिका दत्तले आफ्नी छोरी आस्थाको सिम्बोल नम्बर ९६०००३०००९० मा गाभेको पुष्टि भएपछि त्रिभुवन विश्वविद्यालयले उनलाई निलम्बन गरेको छ । तर, यता विद्यार्थीको नतिजा भने करेक्सन नहुँदा आन्दोलन चलिरहेको छ ।
विद्याथीको नतिजा करेक्सन गर्नका लागि परीक्षा नियन्त्रण कार्यालयले व्यवस्थापन गरेको पुर्नपरीक्षाको नतिजा सार्वजानिक गर्नुपर्ने हुन्छ । लामो समयसम्म पुर्नपरीक्षाको नतिजा सार्वजानिक नभएको विषयमा मोरङ क्याम्पसका विद्यार्थीले मंगलबार दिउँसो परीक्षा नियन्त्रण कार्यालयमा समेत ध्यानाकर्षण गराएका थिए । विद्यार्थीहरुको आन्दोलन चर्किदै गएका बखत परीक्षा नियन्त्रण कार्यालयको सवारीमा बुधबार बिहान आगजनी गरेर आन्दोलन डाईभर्ट गराउन खोजेको आशंका गरिएको छ ।

मंगलबार मोरङ क्याम्पसका प्रमुख बाबुराम तिम्सिना र परीक्षा सहायक नियन्त्रक डिल्ली प्रसाईलाई विद्यार्थीले अफिस कोठामा थुनेका थिए । त्यसपछि भएको छलफल बिना निष्कर्ष टुङ्गिएको थियो । क्याम्पस प्रमुख र परीक्षा सहायक नियन्त्रणलाई प्रहरीले उद्धार गरेको थियो । त्यसपछि विद्यार्थी रातभर जाग्राम आन्दोलनमा बसेका थिए । बुधबार बिहान ५ बजे स्नातकोत्तर क्याम्पस परीसरमा रहेको परीक्षा नियन्त्रण कार्यालयको बा.१७ च. ८२३८ नम्बरको गाडीमा आगो लागेको थियो । गाडीमा आगो लगाउने विद्यार्थी हुन या अरु नै भन्ने अहिलेसम्म खुलेको छैन । यता, आन्दोलनरत विद्यार्थीहरुलाई गाडीमा कसले आगो लगाएको हो भन्ने कुरा जानकारी नभएको बताउँदै आएका छन् ।

यता पीडित विद्यार्थी सन्ध्या आफुमाथि अन्याय भएकोले न्याय पाउनु पर्ने माग गर्दै आएकी छिन् । उनलाई न्याय जरुरी पनि छ । ‘मेरो परिक्षा पेपर चेन्ज भएको हो,त्यसपछि मलाई  "परिक्षा देउ स्टार लागेर आँउदैन" भन्नुभएको थियो, सोही अनुसार मैले परिक्षा दिँए, दुई तीन दिनमा तिम्रो रिजल्ट निकालिदिन्छौँ भनेर भन्नुभएको थियो, त्यसपछि वैशाख १९ गते परिक्षा भएको थियो, ।’

तर परीक्षामा सामेल गराएपनि नतिजा भने अहिलेसम्म दिइएको छैन । परीक्षा नियन्त्रक कार्यालयका अधिकारीहरुले चाँडै आउँछ मात्रै भन्ने गरेका छन् । पीडित विद्यार्थीको परीक्षा नतिजा चाँडै प्रकाशन गर्न माग राख्दै संयुक्त विद्यार्थी संगठन यतिबेला आन्दोलनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्