प्रेम देवान
विराटनगर । विराटनगर १४ स्थित डिग्री क्याम्पस परीसरमा पार्किङ गरी राखेको त्रिभुवन विश्वविद्यालय क्षेत्रिय परीक्षा नियन्त्रक कार्यालयको गाडीमा आगजनी भएको छ । बुधबार विहान ५ बजेको समयमा अज्ञात समुहले पार्किङ गरिएको बा.७ च ८२३८ नम्बरको गाडीमा आगजनी गरेको हो ।
आगजनीका कारण गाडी काम नलाग्ने भएको छ । त्यति मात्र हैन गाडीमा आगजनी भएका कारण डिग्री क्याम्पसको संरचनामा क्षति पुगेको छ । क्याम्पस भवनको तल्लो भागका भित्ताको विजुलीको तार र भित्ताहरुमा क्षति पुगेको हो ।
गाडीमा आगजनी हुनसाथ सुरक्षागार्डले त्यहीका कर्मचारी संयज यादवलाई खबर गरेका थिए । उनले पनि तत्काल दमकललाई फोन गरेर बोलाएपछि विराटनगर महानगरपालिकाको दमकलले गाडीमा लागेको आगोलाई निभाएको थियो । तर, दमकल ढिलो आएको कारण गाडीमा पुरै क्षति पुगेको छ ।
गाडी कसले जलायो भने अहिले सम्म खुल्न नसकेको मोरङ प्रहरीले जनाएको छ । गाडीमा आगजनी गर्ने व्यक्ति सिसी क्यामारामा कैद भएको छ, त्यसैको आधारमा अहिले अनुसन्धान भईरहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी रंजन कुमार दाहालको भनाई छ ।
हिजो मात्रै संयुक्त विद्यार्थी संगठनले त्रिभुवन विश्व विद्यालय क्षेत्रिय परिक्षा नियन्त्रक कार्यालयका सह–परीक्षा नियन्त्रक डिल्लीराम प्रसाईको कार्यकक्षमा ताला बन्दी गरेका थिए ।
५ घटक विद्यार्थी संगठनहरुले प्रेस विज्ञप्ती जारी गर्दै महेन्द्र मोरङ क्याम्पस विराटनगर र परीक्षा नियन्त्रक कार्यालयका सह–परीक्षा नियन्त्रकको कार्यकक्षमा ताला बन्दी गरेका हुन् । एक जना विद्यार्थीको रिजल्टमा समस्या भएका कारण रिजल्ट प्रकाशन गर्न २४ घण्टे अलिटिमेटम पत्र बुझाउँदा पनि क्याम्पस प्रशासनले वेवास्ता गरेका कारण विद्यार्थी संगठनहरुले ताला लगाउन बाध्य भएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । तर, ताला लगाएको २४ घन्टा पनि वित्न नपाउँदै नियन्त्रण कार्यालयको गाडीमा आगजनी गरिएको छ ।
स्कुल क्याम्पस भनेको ज्ञान हासिल गर्ने मन्दिर सरह मानिन्छ । तर त्यही ज्ञान हाँसिल गर्ने ठाँउमा यस्ता अराजक गतिविधी गर्नेलाई प्रशासनले कदापी छाड्नु हुन्न ।
गाडीमा आगजनी गर्ने मान्छे सिसि क्यामारामा कैद भए कै छन् । यस वियषमा मोरङ प्रहरीले गम्भिर रुपमा लिएर अनुसन्धन अगाडी बढाई दोषी उपर हदै सम्मको कानुनी दायरामा ल्याई कडा कारबाही गर्नु आवश्यक छ ।त्रिय परीक्षा नियन्त्रण कार्यलयको गाडीमा कसले आगजनी गर्यो फोटो