इन्दु साह
विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र अगाडि ६ लेन हाईवे सडकमा दैनिक जसो ५ देखि ८ वटासम्म पिकप भेन पार्किङमा राखिएको हुन्छ । राजमार्गमा सवारी पार्किङको विषय भने कसैको चासोको विषयमा पर्दैन । राजमार्गमा भईरहेको अव्यवस्थित पार्किङको विषय ट्राफिक प्रहरी र नगर प्रहरीलाई समेत चासोको विषय बन्न नसकेको हो ।
त्यसरी राजमार्गमा यातायात पार्क गर्दा अन्य सवारी साधन र पैदल यात्रीलाई समेत असहज भइरहेको छ । जथाभावी पार्किङ गर्दा दुर्घट्ना हुने समेत उच्च जोखिम रहन्छ । माहानगरमा केही समय पहिले मात्र पार्कीङ व्यवस्था मिलमएको थियो । तर भृकुटी चोकमा रहेको नेपाल विद्युत प्राधिकरण अगाडि भईरहेको अव्यवस्थित पार्किङमा सम्बधित निकायको ध्यान गएको छैन ।
यस विषयमा पहिले पनि कुरा नउठेको होइन । विगत ५ वर्ष देखि उक्त ठाउँमा मालवाहक गाडि पार्किङको लागि प्रयोग गर्दै आएको गाडि चालक निर्मल श्रेष्टले बताए । उनी यहिं विराटनगर ८ हाटखोलाका स्थायीवासी हुन् । उनले पार्किङको व्यवस्थापनका लागि महानगरपालिकासँग आग्रह गरेको दावी गरेका छन् । गुजारा चलाउने सवारी सडकमा पार्किङ गर्ने ईच्छा नभएपनि अर्को कुनै विकल्प नहुँदा बाध्यतामा रहेको श्रेष्ठ बताउँछन् ।
बिराटनगर महानगरपालिका नगर प्रहरी प्रमुख राजन पौडेलले हाइवे सडकको जिम्मेवारी ट्राफिक प्रहरीको भएको बताए । उनका अनुसार हाइवे सडकमा अब्यवस्थित पार्कीङ नियन्त्रण गर्ने कार्य ट्राफिक प्रहरीको क्षेत्राधिकार भित्र पर्ने भएकोले यो समस्या महानगरपालिकाले नहेर्ने बताए । नगर प्रहरीले यस विषयलाई नोटिस गरिरहेको उनले बताए । तर, त्यसका लागि पार्किङस्थलको व्यवस्थापन मिलाउनु पर्ने हुन्छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमन न्यौपानेले राजमार्गबाट हटाउन खोजेको सवारी विकल्पमा पार्किङस्थल नहुँदा महानगरपालिकाको संयोजनमै पाँच वटासम्म रोक्न पाउने गरि राख्न दिने गरेको बताए । उनले संयुक्त रुपमा यसको निकासका लागि पहल हुने बताए ।