देशभरका शिक्षक काठमाडौँमा, विराटनगरमा ५६ विद्यालयका ३० हजार विद्यार्थीको पढाई प्रभावित

<span class='c1'>देशभरका शिक्षक काठमाडौँमा, विराटनगरमा ५६ विद्यालयका</span> <span class='c2'>३० हजार विद्यार्थीको पढाई प्रभावित</span>

विराटनगर । शिक्षकहरुको आन्दोलनका कारण विराटनगरका ३० हजार विद्यार्थीको पढाई प्रभावित भएको छ । विराटनगर महानगरपालिका भित्रका ५६ सामुदायिक विद्यालयमा अध्ययन गर्ने ३० हजार विद्यार्थीको पठनपाठन प्रभावित भएको महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिएका छन् ।

विराटनगरका सामुदायिक विद्यालयको पढाई प्रभावित हुने विषयको जानकारी भने महानगरपालिकालाई नेपाल शिक्षक महासंघ विराटनगरले लिखित रुपमा दिएको छ । महानगरपालिका प्रमुख नागेश कोइरालालाई ध्यानाकर्षण गराएर विद्यालयमा पठनपाठन रोकेका हुन् ।

शिक्षासम्बन्धी विधेयकमा असहमति जनाउँदै शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन थालेपछि आज देखि देशभरका सामुदायिक विद्यालय बन्द हुने भएका हुन् । राष्ट्रिय नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षक आन्दोलन गर्न काठमाडौं गएका हुन् । आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने भएपछि विद्यालय समेत अनिश्चितकालिन रुपमा बन्द हुने भएका छन् ।

संसद्मा दर्ता भएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ का केही प्रावधानमा असन्तुष्टि जनाउँदै देशभरका शिक्षक आन्दोलनमा उत्रेका हुन् । विधेयकले स्थायी, अस्थायी,करार, राहत, साविक उमावि, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार र संस्थागत विद्यालयलगायत सबै प्रकारका शिक्षक तथा विद्यालय कर्मचारीका मूलभूत मुद्दाहरूलाई सम्बोधन गर्न नसकेको महासंघको विश्लेषण छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असन्तुष्ट शिक्षकहरूलाई वार्तामा बोलाएको थियो । तर, शिक्षक महासंघका प्रतिनिधि भने कार्यवाहक प्रधानमन्त्रीसँग मात्र वार्ता गर्ने भन्दै शिक्षा मन्त्रालय गएनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका भ्रमणमा रहेकाले कार्यबाहक प्रधानमन्त्रीसँग मात्र वार्ता गर्ने महासंघको अडान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्