कोशी प्रदेशको प्राथमिकतामा परेन एन्टिमाइक्रोबियल रेसिस्टेन्ट

कोशी प्रदेशको प्राथमिकतामा परेन एन्टिमाइक्रोबियल रेसिस्टेन्ट

विराटनगर । कोशी प्रदेशको प्राथमिकतामा एन्टिमाइक्रोबियल रेसिस्टेन्ट परेन । सन् २०१५ मा ब्याक्टेरियामा विशेष रणनीति बनाएर काम गरुन् भनेर विश्व स्वास्थ्य सङ्गठनले ग्लोबल एक्सन प्लान अन एन्टिमाइक्रोबियल रेसिस्टेन्ट लागु गर्न सबैमा अनुरोध गरेको थियो । विश्वका धेरै देशले न्याप एएमआर बनाएर काम धेरै अगाडि बढाएका छन् । तर, नेपालले अहिले सम्म न्याप एएमआरलाई मन्त्रिपरिषदबाट पास गराउन सकेको छैन ।

न्याप एएमआर नहुँदा एन्टिमाइक्रोबियल रेसिस्टेन्टमा काम गर्न केही कठिनाइहरु आएको अधिकारीहरु बताउँछन् । राज्यको प्राथमिकतामा एन्टिमाइक्रोबियल रेसिस्टेन्ट परेपनि बजेट बिनियोजन हुन सकेको छैन । प्रदेश स्वास्थ्य मन्त्रालयहरुले एन्टिमाइक्रोबियल रेसिस्टेन्टमा राखेको बजेट समेत कटाएका छन् ।

स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका नीति योजना प्रमुख डा सुरेश मेहताले एन्टिमाइक्रोबियल रेसिस्टेन्टमा ५० लाख रुपैया राखेपनि अन्तिममा काटिएको बताए । प्रदेश स्वास्थ्य सचिव डा सुधा देवकोटाले पनि एन्टिमाइक्रोबियल रेसिस्टेन्टमा काम गर्न उत्सुक भएको बताएकी थिइन् । तर, अन्तिममा काटेर पठाएको बुझिएको छ । मैले ५० लाख रुपैयाँ एन्टिमाइक्रोबियल रेसिस्टेन्टमा काम गर्न पहिलो पटक बजेट राखेको थिए डा मेहताले भने, तर, अन्तिममा काटियो किन र के का लागि भन्नेमा म अनविज्ञ छु !

सात प्रदेश मध्ये लुम्बिनी प्रदेशले मात्रै एन्टिमाइक्रोबियल रेसिस्टेन्टमा बजेट बिनियोजन गरेको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा जनार्दन पन्थीले १० लाख बजेट एन्टिमाइक्रोबियल रेसिस्टेन्टमा काम गर्न राखिएको बताए । २५ लाख रुपैयाँको सिलिङ तयार पारेपनि अन्तिममा १० लाख मात्रै राखिएको बताए । उनले आगामी वर्ष यसलाई बृद्धि गर्दै लैजाने दाबी गरे ।

सन् २०३० मै १ करोड मानिसहरू एन्टिमाइक्रोबियल रेसिस्टेन्टका कारणले मृत्यु हुने विभिन्न अध्ययनहरूले देखाएको छ । २ करोड ४० लाख बढी मानिसहरू चरम गरिबिको रेखामुनी पुग्ने अनुमान गरिएको छ । बढ्दो एन्टिमाइक्रोबियलको थ्रेटलाई नियन्त्रण गर्न सरकारले एएमआरसँग सम्बन्धित प्रमाणमा आधारित ज्ञान प्राप्तीरउत्पादन, सर्वेक्षण तथा निगरानी, संक्रमण रोकथाम नियन्त्रण, मानव, जनावर र वातावरणमा एन्टिबायोटिकको उचित प्रयोग र दिगो लगानी, नवीनता र अनुसन्धानमा, प्रभावकारी गतिविधिहरू, कार्यक्रमहरू प्राथमिकतामा राखी यथाशिघ्र लागु गर्नुपर्छ ।

एन्टिबायोटिक्सको विकास भएको धेरै वर्ष भइसकेको छ । क्लिनिकल ट्रायलका लागि वर्षौँ समय लाग्ने एन्टिबायोटिक औषधि ३५ वर्षयता नयाँ उत्पादन हुन सकेको छैन । सन् १९८७ मा ‘ड्याप्टोमाइसिन’ एन्टिबायोटिक अन्तिमपटक बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्