विराटनगरको एउटा कार्यक्रम, जहाँ आठ उद्यमीलाई २० करोड लगानी प्रतिवद्धता

विराटनगरको एउटा कार्यक्रम, जहाँ आठ उद्यमीलाई २० करोड लगानी प्रतिवद्धता

विराटनगर । लगानी सम्मेलन र समारोहका औपचारिकता तोड्दै विराटनगरमा बिहीबार भएको एउटा कार्यक्रममा कोसी प्रदेशका आठवटा क्षेत्रका नवउद्यमीलाई २० करोड रुपिँया लगानीको प्रतिवद्धता सार्वजानिक भएको छ । उद्यमशिलताको विकास र प्रबर्द्धनका लागि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशसँगको सहकार्यमा आध्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेड प्रदेश लगानी प्राधिकरण, नेपाल कृषि बजार विकास कार्यक्रम, स्विस कन्ट्याक्टलगायतको सहभागितामा आयोजित लगानी सम्मेलनमा यस्तो प्रतिवद्धता सार्वजानिक गरिएको हो ।

चिया, माछा, अलैँची, अचारलगायतका कृषि क्षेत्रसँग सम्बन्धित उद्योग स्थापना गरेका नवउद्यमीहरूलाई आवश्यक पर्ने थप लगानीका लागि २० करोड रुपैँया दिने प्रतिबद्धता कार्यक्रमस्थलमै घोषणा भएको थियो ।
आध्यन्त एक्सिलिरेटर कार्यक्रम अन्तर्गतको सम्मेलनमा सहभागी फन्ड म्यानेजमेन्ट क्षेत्र सम्बद्ध संस्थाहरूले नेपालमै बसेर नवउद्यम प्रबर्द्धनमा लागेका उद्यमीहरूलाई थप प्रोत्साहन गर्ने उदेश्यले आवश्यक लगानीको प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा आध्यन्त फन्डअन्तर्गत आठ महिनाको अवधिमा उद्यम प्रबर्द्धन गरिएका आठजना नवउद्यमीहरूले आफ्नो उद्यमशीलताको क्षेत्र, लगानी र अवसरहरूबारे जानकारी गराएका थिए ।

इलामको रक्तकाली टी–स्टेट प्रा.लि.का दिनेश माझी, विराट समूहका विष्णु आचार्य, दिव्यदृष्टि वेनेरेसन एन्ड एग्रो कन्सर्न प्रालि विष्णु पोखरेल, शिवबाबा आचार जुस उद्योग दिनानाथ सिवाकोटी, एग्री सेन्टर प्रा.लि. झापाका चन्द्रप्रसाद बस्नेत, मोङ्सुद कृषि फर्म प्रालिका रोबिन राई, रिभर्स भेण्डिङ मेसिन नेपाल प्रा.लि. जोसेफ श्रेष्ठ र खेतीपाटी अर्गानिक्स प्रकृति गौतमले आफ्नो योजना प्रस्तुत गरेका थिए ।
आध्यन्त एक्सेलरेटर कार्यक्रम अन्तरगत दश जना उद्यमीहरूले आफ्नो व्यवसाय निर्माण र विस्तारका विभिन्न क्षेत्रमा तालिम प्राप्त गरेका छन् । उनीहरूमध्ये आठ जनाले उद्यमीहरूले आफ्नो उद्यमबारे जानकारी गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकका राजनीतिक स्थायित्व नभएका कारण आर्थिक क्षेत्रको विकाससमेत प्रभावित भएको बताएका थिए । उनले हिमाली भेगका उत्पादन हुने उच्च मूल्यका विशेष उत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनका सरोकारवालाहरूले नयाँ योजनाहरू अघि सानुपर्ने सुझाव दिए ।
नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले उद्यमशीलताको विकास र नविनतम् खोजलाई प्रबर्द्धन गर्दै उनीहरूको क्षमता विकासमा निजी क्षेत्रले सधैँभरी सहयोग गर्ने बताएका थिए । स्वदेशमै उद्यमशीलताको विकास भएको खण्डमा असंगठित विदेशी लगानीसमेत निरुत्साहित भई रोजगारी प्रबर्द्धनमा मद्दत पुग्ने उनको भनाइ छ ।

आध्यन्त फन्डका अध्यक्ष यज्ञप्रसाद न्यापानेले स्वदेशमै उद्यमशीलताको विकासले विदेशी मुद्राको समग्र सञ्चय हुने, रोजगारी वृद्धि हुने, राज्यले थप कर प्राप्त गर्ने र मुलुकको ग्राहस्त उत्पादन वृद्धिमा समेत सहयोग पुग्ने बताए । सहज परियोजनाकी टिम लिडर रीमा श्रेष्ठले दृढ विश्वासका साथ अघि बढ्न चाहने नवउद्यमीहरूलाई सबै क्षेत्रबाट सहयोग र प्रोत्साहन हुनुपर्ने बताइन ।
आद्यन्त फन्डका संस्थापक एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य मनोज पौडेलले उद्यमीहरूलाई सुरुवाती र त्यसपछि उद्यमलाई थप वृद्धि गर्न आवश्यक सहयोग आद्यन्तले गर्दै आइरहेको जानकारी दिए । प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइरालाले उद्योग र उद्यमशीलताको क्षेत्रमा अपार सम्भावनाको खोजी आवश्यक रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्