विराटनगर बजारमै क्यारिङवाला र प्रहरीबीच तानातान

विराटनगर बजारमै क्यारिङवाला र प्रहरीबीच तानातान

विराटनगर । चाडपर्व नजिकीएसँगै अवैध रुपमा भन्सार छलेर सामान भित्र्याउने र सशस्त्र प्रहरीबीच सामान खोसाखोस हुन थालेको छ । विराटनगरको रोडशेष चौकमै बुधबार साँझ सशस्त्र प्रहरी र सामान क्यारिङ गर्नेबीच दोहोरो तानातान हुँदा विवाद समेत सिर्जना भएको थियो ।
सुनसरी दुहबी–१० का नसिरा खातुन र फुलेसा खातुनले भन्सार छलेर ल्याउँदै गरेको सामान सशस्त्र प्रहरीको सादा पोशाकमा रहेका प्रहरीले नियन्त्रण लिने क्रममा तानातान भएको थियो । दुई पोका सामान सिटीमा लिएर आउँदै गरेका उनीहरुको विषयमा स्थानीयले सशस्त्र प्रहरीलाई सूचना दिएका थिए । स्थानीयको सूचनाका आधारमा सादा पोशाकमा खटाइएका प्रहरीले सिटी चेकजाँच गरेका थिए ।

सशस्त्र प्रहरी सीमा सुरक्षा बल रानीका प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बाका अनुसार दुईवटा पोकामा कपडा भेटिएको थियो । भन्सार छलेको खुलेपछि प्रहरीले कपडा नियन्त्रणमा लिन खोजेको थियो । त्यस क्रममा महिलाहरुले सशस्त्रका सादा पोशाकका प्रहरीलाई धकेलाधकेल गरेका थिए । त्यस क्रममा उनीहरुले ल्याएको दुईवटा झोलामध्ये एउटा झोला सशस्त्रले नियन्त्रणमा लिएको थियो । एउटा झोला भने उनीहरुले लिएर गएको प्रहरी नायव उपरीक्षक सुब्बाले जानकारी दिए ।

कपडा नियन्त्रणमा लिने क्रममा भएको तानातानको विषय भने क्यारिङको काम गर्दै आएका महिलाहरुले हातपात गरेको भनेर प्रचार गरेका थिए । उनीहरुले २० हजार रुपैँया र कानमा लगाएका सुनका गरगहना समेत लुटेर लगेको आरोप लगाएको प्रहरी नायव उपरीक्षक सुब्बाको गुनासो छ । ‘स्थानीयले सूचना दिएपछि हाम्रो सिभिलमा खटाइएको टोलि त्यहाँ पुगेर सामान नियन्त्रणमा लिएको हो’ डिएसपी सुब्बाले भने–दुहवी घर भएका उहाँहरुले ढुक्कै भन्सार छलेर सामान ल्याउने गरेको सूचना हामीसँग थियो । उनले कपडा बाहेक अन्य कुनैपनि नराम्रो रेकर्ड जनिने काम नभएको दावी गरेका छन् ।

यता जोगबनीबाट सामान लिएर आउने क्रममा प्रहरीसँग विवाद गर्ने महिलाहरुले भने जर्बरजस्ती हातपात गरेको बताएका छन् । उनीहरुले कपडासँगै अन्य वस्तु समेत ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्