विराटनगरमा खोप कार्यक्रम हुँदा स्वास्थ्य केन्द्रमा ताला

विराटनगरमा खोप कार्यक्रम हुँदा स्वास्थ्य केन्द्रमा ताला

विराटनगर । गत शुक्रबार विराटनगर महानगरपालिका–२ नम्बर वडाको आधारभूत स्वास्थ्य केन्द्रको गेटमा ताला लागेको थियो । सेवाग्राहीले ताला लाग्नुको कारण बुझ्न खोजे । कार्यालय नजिक रहेको पसलमा सोधखोज गर्दा शुक्रबार चाँडै बन्द हुने जानकारी दिए । तर, सेवाग्राहीलाई सेड्युल अनुसार कार्यालयकै काम बाहिर हुने जानकारी भएन ।
विराटनगर महानगरपालिकामा २१ वटा स्वास्थ्य संस्था रहेका छन् । जसमध्ये १९ र १५ नम्बरमा अस्पतालको सेवा रहेको छ । त्यस्तै आयुर्वेद स्वास्थ्य केन्द्र समेत एउटा छ । त्यस बाहेक १७ वटामा आधारभूत स्वास्थ्य केन्द्र रहेको छ । यी सबै स्वास्थ्य संस्थामा कार्यलय सहयोगीसहित १०२ कर्मचारी रहेका छन् ।

आधारभूत स्वास्थ्य केन्द्र बन्द हुनुपर्ने कारण बारे सधैं सेवा लिईरहेका सेवाग्राहीलाई जानकारी हुने भएपछि आक्कलझुक्कल आईपुग्नेलाई भने जानकारी हुँदैन । यस्तो बेला कार्यालय परिसरबाट भईरहेको सेवा अर्को कुनै स्थानबाट भईरहेको छ भन्ने जानकारीमूलक सुचना भने टाँसिएको थिएन । विराटनगर महानगरपालिका स्वास्थ्य शाखा प्रमुख हैदर अलीले शुक्रबार वडा नम्बर २ मा खोप कार्यक्रम थियो । त्यो कार्यक्रम कार्यालय भन्दा बाहिर सबै सेवाग्राहीलाई पायकपर्ने स्थानबाट भईरहेको थियो ।

उनले कार्यालय बन्द नभएको जानकारी दिदैं अस्पताल भएका वडामा कम कर्मचारी खटाएर अस्पताल नभएका वडामा बढी कर्मचारी व्यवस्थापन गरिएको जानकारी दिएका छन् । अलीले खोप लगायतका कार्यक्रम हुँदा कहिलेंकाहि सेवाग्राहीलाई पायक पर्ने स्थानबाट सेवाप्रवाह हुने हुँदा कार्यालय बन्द हुने गरेको बताए । तर, आवश्यक पर्दा थप जनशक्ति खटिने गरेको अलीको भनाई छ ।
नागरिकको प्राथमिक उपचार र माृतशिशुसँग सम्बन्धित खोप तथा स्वास्थ्य सेवा स्वास्थ्य केन्द्रबाट प्रदान गरिने गरिएको छ ।

महानगरपालिकामा ठूलो जनसंख्या हुने भएकोले पनि कतिपय सेवाग्राहीले दैनिक र नियममित सेड्युल नबुझ्दा गतल सन्देश जाने गर्दछ । यसका लागि कार्यालय परिसरमा एकजना कर्मचारी रहने वातावरण सिर्जना हुनु वा कार्यालयमा सुचना टाँस गर्दा सहज हुने कतिपयको सुझाव छ ।
वडा नम्बर २ स्वास्थ केन्द्र कर्मचारी सुजता तिम्सिनाले दुईजना खोप लगाउने काममा खटिएका कारण कार्यालय बन्द गर्नु परेको बताइन् । उनले कार्यालय बाहिर खोप लगाउने कार्यक्रम पर्दा ताला लगाउनु पर्ने अवस्था रहेको बताइन् । तर, सेवाग्राही आएको खबर पाए तत्काल रेस्पोन्स हुने गरेको दावी गरिन् । यसैगरी वडा नं. १८ की स्वास्थ्य कर्मचारी बबिता यादवको पनि यस्तै प्रतिक्रिया रहेको छ । उनका अनुसार खोप लगाउन जाँदा कार्यालय बन्द गर्नुपर्ने अवस्था रहेको छ ।

इन्दु साह प्रशिक्षार्थी पत्रकार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्