विराटनगरको एउटै वडामा ३३ जना बालबालिकाकामा कुपोषण, एकै दिन ४४८ जनाको स्वास्थ्य परीक्षण

विराटनगरको एउटै वडामा ३३ जना बालबालिकाकामा कुपोषण, एकै दिन ४४८ जनाको स्वास्थ्य परीक्षण

िराटनगर । विराटनगर महानगरपालिकाको एउटै वडामा ३३ जनामा कुपोषण देखिएको छ । गत शुक्रबार भएको बालस्वास्थ्य शिविरमा परीक्षण गराउन ल्याइएकामध्ये २२ जनामा कडा कुपोषण र ११ जनामा मध्यम कुपोषण देखिएको हो ।

विराटनगर–१९ बैजनाथपुर अस्पताला सिनियर अहेव भोला तिम्सिनाका अनुसार शुक्रबार एकदिने शिविर कार्यक्रममा पाँच वर्षमुनीका ४४८ जना बालबालिकाको स्वास्थ्य परीक्षण भएको थियो । जसमध्ये ३३ जनामा कुपोषण देखिएको थियो । परीक्षणमा आएकामध्ये दुईजना बालबालिका अन्य समस्या भएको पाइएको थियो । उनीहरुको उपचारका लागि मोरङ सहकारीमा भर्ना गरिएको थियो ।

विराटनगर महानगरपालिकाको बाल स्वास्थ्य विशेष कार्यक्रम अन्तर्गत पाँचवर्षमुनीका बालबालिकाको स्वास्थ्य परीक्षण तथा पोषण लेखाजोखा शिविर सुरु गरिएको छ । शुक्रबार विराटनगर–१९ मा यो शिविर सम्पन्न भएको थियो ।
सिनियर अहेव तथा अस्पतालका प्रमुख तिम्सिनाका अनुसार शुक्रबार शिविर सञ्चालन गरेर स्वास्थ्य परीक्षणमा छुटेकाहरु आइतबार सम्पर्कमा आएका थिए । आइतबार २२ जना बालबालिकामध्ये चारजनामा मध्यम कुपोषण आशंका गरिएको छ ।

शिविरमा सहभागी गराइएका बालबालिकाको कुनैपनि स्वास्थ्य समस्या देखिएमा विराटनगर महानगरपालिकाले निःशुल्क उपचार गर्नेछ । शिविरमा कडा र मध्यम कुपोषण देखिएकाहरुलाई निरन्तर रुपमा घरमै पुगेर थप परीक्षण गर्ने कार्यक्रम समेत रहेको छ ।
कुपोषण देखिएका बालबालिकाका अभिभावकलाई परामर्श दिइनेदेखि बच्चाका लागि पोषण प्याकेज समेत उपलब्ध गराइएको तिम्सिनाले जानकारी दिएका छन् । अब कडा र मध्यम कुपोषण देखिएका बालबालिकाको लागि घरमै दुध तथा अण्डाको प्रवन्ध मिलाएर दैनिक थप आहारको जोहो गर्ने कार्यक्रम समेत रहेको छ ।

अतिविपन्न परिवारमा जन्मिएका बालबालिका धेरै कुपोषणको शिकार देखिएका हुन् । विराटनगर महानगरपालिकाले एक गैरसकारी संस्थामार्फत यो कार्यक्रम सञ्चालन गर्न सम्झौता गरेको छ । बालबालिकाको उमेर अनुसारको उचाई र तौल नभएको अवस्थामा उनीहरुमा कुपोषण रहेको मानिन्छ ।
त्यसका लागि विराटनगर महानगरपालिकाले एकीकृत बालस्वास्थ्य शिविर १९ नम्बर वडाबाट सुरु गरेर सबै वडामा सेवा विस्तार गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्