विराटनगरको सडक पार्किङ निषेधको प्रावधान चाडपर्व लक्षित गर्दै हटाइयो

विराटनगरको सडक पार्किङ निषेधको प्रावधान चाडपर्व लक्षित गर्दै हटाइयो

विराटनगर । विराटनगर महानगरपालिकाले चाडपर्व लक्षित गर्दै सडक निषेध पार्किङको प्रावधान हटाएको छ । चाडपर्वमा व्यापार सहजीकरण गर्ने उद्देश्यले महानगरपालिकाले पार्किङ निषेध गरेको सडक क्षेत्रमा साँझ ६ बजेदेखि खुल्ला गर्ने भएको हो ।

अस्तव्यस्त बजारलाई शान्त र सहज बनाउन महानगरपालिकाले लगाएको प्रावधानले चाडपर्वमा व्यापार असहज हुने व्यापारीको गुनासो थियो । त्यसलाई सम्बोधन गर्नका लागि छैठसम्म बजार क्षेत्रमा सडकको एकातर्फ पार्किङ खुल्ला गर्ने भएपछि व्यापारी उत्सासहित भएका छन् । मेनरोडस्थित मिनि मार्केटका लक्ष्मण गुप्ताले पार्किङ खुल्ला गर्ने विषयले चाडपर्वको व्यापारलाई सहज बनाएको बताएका छन् ।

तर, विराटनगर महानगरपालिका नगर प्रहरी प्रमुख राजन पौडेलले महानगरपालिकाले तोकेका स्थान बाहेक पार्किङ गर्न नमिल्ने बताए । सडक पार्किङका लागि महानगरपालिकाले तोकेका क्षेत्रमा मात्रै सवारी रोक्नुपर्नेछ । बिराट व्यापार संघका अध्यक्ष नरेश खत्रीका अनुसार पार्किड. सुविधा आइतबारबाट लागु हुने गरि महानगरपालिकाले सहजीकरण गरेको हो ।

विराट व्यापार संघको सहजीकरणमा महानगरपालिकाले भईरहेको निर्णयलाई छैठसम्म खुल्ला गर्न सहमति दिएको खत्रीको दाबी छ । विराटनगरका अर्का व्यापारी यो निर्णयले चाडपर्वमा ग्राहकलाई सहज हुने र त्यसले बजारको व्यापार सन्तुलन मिल्ने बताएका छन् ।

विराट जुत्ता पसलका व्यापारी छोटे खानले पार्किङका कारण ग्राहकलाई असहज हुँदा व्यापारमा असर परेको बताउँछन् । उनले महानगरपालिकाको निर्णयले चाडपर्वमा केहि सहज हुने अनुमान गरेका छन् ।

(इन्दु साह प्रशिक्षार्थी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्