विराटनगरमा भेटियो ग्यास नै नभएको सिलप्याक सिलिण्डर, कोशी ग्यासलाई २ लाख जरिवाना

विराटनगरमा भेटियो ग्यास नै नभएको सिलप्याक सिलिण्डर, कोशी ग्यासलाई २ लाख जरिवाना

प्रेम देवान
विराटनगर । विराटनगरकी एक उपभोक्ताले खरिद गरेको कोशी कम्पनीको सिलप्याक गरिएको कोशी ग्यासको सिलिन्डरमा ग्यास नभएको भेटिएको छ । सिलप्याक सिलिण्डर ग्यास नभएको भेटिएपछि कोशी कम्पनीलाई २ लाख उपभोक्ता ठगि ऐन अन्तर्गत कारबाही गरिएको छ ।

मोरङको बुढीगंगा गाउँपालिका – ४ नेमुवास्थित कोशी ग्यास उद्योगले बिक्रीका लागि बजारमा पठाएको सिल नतोडिएको सिलिण्डर विराटनगर – ९ ट्राफिक चोक घर भएकी अन्जना सिंहले खरिद गरेकी थिईन् ।
शिलप्याक सिलेन्डरमा १४ केजी २ सय ग्राम ग्यास हुनुपर्ने हो । तर, कोशीको १५ केजी ४ सय ग्रामको सिलेन्डरमा ग्यास नभएको भेटिएको हो । उपभोक्ता सिंहले विराटनगर विराटनगर १० स्थित कोशी ग्यासको डिलर न्यू हिमाल मार्केटिङ्गबाट ग्यास खरिद गरेकी थिइन् । न्यू हिमालका डिलरबाट ग्यास डुलाउने रिक्शावालासँग ग्यास लिएकी थिइन् । सिंहले एकै पटकमा ३ वटा ग्यास सिलेन्डर राख्ने गर्दछिन् । दुई वटा ग्यास सकिएपछि दुई महिना अगाडीको ग्यास जोडन खोज्दा सिल प्याक सिलेन्डरमा ग्यास नभएपछि अचम्म परेको बताइन् ।


शिल प्याक ग्यास सिलेन्डरमा ग्यास नभएपछि वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले उद्योग निरीक्षण गरेको थियो । मोरङको बुढीगंगा गाउँपालिका ४ नेमुवामा उद्योग रहेको कोशी ग्यासको अनुगमन वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त प्रमुख हितेश बस्नेत सहित जिल्ला प्रशासन कार्यलय मोरङ, गुणस्तर तथा नापतौल कार्यलय र संचारकर्मीको टोलीले आइतबार निरीक्षण गरेको थियो ।

अनुगमनको क्रममा उद्योगबाट कैफियत भेटिएपछि वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख हितेश बस्नेतले दुई लाख रुपैयाँ जरिवना गरेको बताउनुभयो । यता कोशी ग्यास उद्योगका प्रबन्धक सचित कुमार उपाध्ययले उद्योगबाट कुनै पनि गलत नभएको दावी गर्नुभयो । खाली भएको सिलिण्डर बजारमा नै गडभड भएको बताउनुभयो । आफुहरुले सही तरिकाले शिलिण्डर पठाउने भएकोले उपभोक्ताले तौलेर मज्जाले हेरेर मात्र ग्यास लैजान अग्रह गर्नुभयो । उद्योगको बदनाम गराउन चाहनेले गलत गर्न खोजेको हुनसक्ने उहाँले बताउनुभयो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्