दशैंलाई लक्षित गरेर विराटनगरमा ७ दिने फुड फेष्टिवल

दशैंलाई लक्षित गरेर विराटनगरमा ७ दिने फुड फेष्टिवल

विराटनगर । विराटनगरको हिमालय रोडमा विजया दशमीको अवसर पारेर मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ ७ दिने दशैँ फुड फेस्टिवलको आयोजना हुने भएको छ । मञ्जिना मुभिज क्रिएसन र भाजु युवराज फाउण्डेसनको सयुक्त आयोजनामा विराटनगरको हिमालय रोडमा ७ दिने फुड फेस्टिवल हुने भएको हो ।


मञ्जिना मुभिज क्रिएसनको तर्फबाट जतिन ताम्राकार र भाजु युवराज फाउण्डेसनको तर्फबाट यूनेशराज श्रेष्ठले आइतबार पत्रकार सम्मेलन गरेर असोज २८ देखि कार्तिक ४ गतेसम्म दशैँ फुड फेस्टिवलको जानकारी गराएका छन् ।
दशैँ फुड फेस्टिवलमा नेवारी, मारवाडी, थारू , राई लिम्बु लगायत विभिन्न जातका २० देखि २५ वटा जातीय परिकारको खानाको स्टल रहने मञ्जिना मुभिज क्रिएसनका जतिन ताम्राकारले पत्रकार सम्मेलनमा जानकारी दिए ।

फेस्टिवलको अवधि भरी राष्ट्रिय तथा स्थानिय कलाकारहरूले प्रस्तुती समेत जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्