विराटनगरको अर्किड फेमिली सलोनले सार्वजनिक गर्यो आफ्नै स्किन केयर प्रोडक्ट

<span class='c1'>विराटनगरको अर्किड फेमिली सलोनले सार्वजनिक</span> <span class='c2'>गर्यो आफ्नै स्किन केयर प्रोडक्ट</span>

विराटनगर । विराटनगर ७ मा रहेको अर्किड फेमिली सलोनले आफ्नै स्किन केयर प्रोडक्ट सार्वजनिक गरेको छ। आइतबार विग होटलमा एक कार्यक्रमको आयोजना गरि सलोनले आफ्नो स्किन केयर प्रोडक्ट सार्वजनिक गरेको हो।विगत २ वर्षदेखि संचालनमा रहेको अर्किड फेमिली सलोनले आफैले स्किन केयर प्रोडक्ट उत्पादन गरेको हो। आफ्नै देश नेपालको कच्चा पदार्थको प्रयोग गरी स्किन केयरका प्रोडक्ट उत्पादन गरिएको अर्किड फेमिली सलोनकी संचालिका रक्तिम जोशी प्याकुरेलले बताउनुभयो।सलोनले अर्किड प्युअर रेडियन्स नामबाट स्किन केयर प्रोडक्ट उत्पादन तथा बिक्री वितरण सुरु गरेको हो। प्रोडक्टमा नेपालकै कच्चा पदार्थ र स्कीन फ्यामिलियर केमिकलको प्रयोग गरिएको संचालिका जोशीले बतउनुभयो।हाल १२ वटा प्रोडक्ट सार्वजनिक गरिएको छ। जसमा स्कीन केयरका लागि कोकोनट आयल, लिप बाम, बडी स्क्रब, फेस स्क्रब, फेस सिरम, नाइट क्रिम लगायतका प्रोडक्ट सार्वजनिक गरिएको हो ।उक्त प्रोडक्टहरुको बिक्रिको १ प्रतिशत नाफा भने आर्थिक सहयोगको रुपमा एबीसी नेपाल संस्थालाई प्रदान गरिने संचालिका जोशीले जानकारी दिनुभयो ।प्रयोग भईसकेको प्रोडक्टसको बट्टा पुन: प्रयोग गरिने हुँदा बट्टा फिर्ता ल्याउने ग्राहकहरुको लागि १० प्रतिशत क्यासब्याक अथवा १० प्रतिशत छुटको व्यवस्था रहेको अर्किड फेमिली सलोनले जनाएको छ।प्रोडक्टको बाहिरी प्याकेजिङ्गमा नेपाली कागजको प्रयोग गरिएको छ। जसमा प्याकेजिङ्गको साथमा विभिन्न बोटविरुवाहरुको बिउ समेत राखिएको छ। प्याकेजिङ्ग कुहिएपछि बोटविरुवा आफैँ उम्रिने संचालिका जोशीले बताउनुभयो।कार्यक्रममा एबीसी नेपाल कोशी प्रदेशको अध्यक्ष विष्णु पन्त,स्कीन थेरापिष्ट आकाश अग्रावल समेतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्