विराटनगरबाट लागुऔषध ब्राउनसुगर बरामद

विराटनगरबाट लागुऔषध ब्राउनसुगर बरामद

विराटनगर । विराटनगर महानगरपालिका-१५ स्थितबाट प्रहरीले ठुलो परीणाममा लागुऔषध ब्राउनसुगर बरामद गरेको छ ।

सोमबार दिउँसो साढे १ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका सुनसरीको ईटहरी उप-महानगरपालिका-१२ का ४० बर्षीय शुशील कुमार साह र चितवन जिल्लाको भरतपुर महानगरपालिका-१ का ३२ बर्षीय राजकुमार श्रेष्ठको साथबाट ५८ ग्राम ७८ मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र नगद रुपैयाँ १० हजार बरामद गरेको थियो ।

लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्