साठी वर्षपछि प्रवलीकरण हुँदैछ विराटनगरको विरेन्द्र सभागृह, हेर्दैमा आकर्षक–सुविधा पनि थप

साठी वर्षपछि प्रवलीकरण हुँदैछ विराटनगरको विरेन्द्र सभागृह, हेर्दैमा आकर्षक–सुविधा पनि थप

विराटनगर । विराटनगर–७ स्थित विरेन्द्र सभागृहको ६० वर्षपछि प्रवलीकरण तथा पुननिर्माणको काम करिब ७५ प्रतिशत सकिएको छ । २०२० सालमा निर्माण भएको विरेन्द्रसभा गृह आगामी फागुनसम्ममा पूर्णतः सञ्चालनमा ल्याउने गरि काम भईरहेको हो ।

जिर्ण बनेको सभागृहले हजारौं कार्यक्रम सम्पन्न गराएको छ । जिर्ण भवनको संरचना भित्र–भित्रै सडेको थियो । सिंहदरवारको रेट्रोफिटिङ गरे जस्तै महानगरपालिकाले सभागृहलाई समेत बलियो बनाउन लागेको हो । पुननिर्माणको काम सकिँदा आकर्षक र थप सुविधा थपिने भएको छ । निमाएण भएको यतिका वर्षसम्म रङ्गरोगन बाहेक कुनै पनि काम भएको थिएन ।

महानगरका इन्जिनियर अर्जुन थापाका अनुसार पुननिर्माणको काम सकिदाँ विराटनगरमा एउटा आकर्षक संरचना बन्नेछ । जेनतेन मात्रै रहेको सभागृहमा अब सुविधा समेत आधुनिक रहने छ । निर्माणको जिम्मा समानान्तर जोशी र श्री ब्याङ्क्वेट जे.भी.ले पाएको छ । नगर विकास कोषको लगानी साझेदारीमा सभागृह पुनः निर्माणको काम अघि बढेको हो । सभागृह पुनः निर्माणका लागि कोषले १२ करोड ४० लाख र प्रदेश सरकारले २ करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ । सभागृह पुनः निर्माण २० करोड लागतमा अनुमान गरिएको छ ।

पुनः निर्माण पछि सभागृह ४ सय क्षमताको हुनका साथै मिडिया सेन्टर, थिएटर, भिआईपीकक्ष, मिटिङ हल लगायतका सुविधा रहनेछ । भिआईपी वेटिङ रुम, चेन्जिङ रुम समेत सुविधा रहने छ । हलमा आकर्षक फल्स सिलिङ समेत लगाउने काम भईरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्