विराटनगरमा सडक पार्किङ निषेध : कहिले खुल्ला–कहिले बन्द, दिक्क व्यापारी–अन्यौलमा सर्वसाधारण

विराटनगरमा सडक पार्किङ निषेध : कहिले खुल्ला–कहिले बन्द, दिक्क व्यापारी–अन्यौलमा सर्वसाधारण

विराटनगर । विराटनगरमा सवारी पार्किङका लागि स्थायी किसिमका सार्वजानिक स्थल छैन । प्रदेशको राजधानी बनेपछि दैनिक बढ्दो सवारी र मानव चापले निर्माण भएका सडक साँघुरा भईसकेका छन् । बजार क्षेत्रमा खुल्ला स्थान छैन । साँघुरो स्वरुप भएको शहरको रुपमा मुख्य बजार परिवर्तन भईरहँदा सडक पार्किङको बाध्यताले अझै अस्तव्यस्त बन्दै गएको थियो ।

विराटनगर महानगरपालिकाले पछिल्लो समय सडक पार्किङको प्रावधानलाई हल गर्न सार्वजानिक पार्किङ अवधारणा अगाडी सारेको थियो । चाडपर्व लक्षित गर्दै दुई महिनाका लागि अहिले पुनः सडक पार्किङ छुट दिएको छ । यो कार्यले पछिल्ला दुई दिनमै विराटनगरको ट्राफिक व्यवस्थापन झमेलाउन्मुख भईसकेको छ । तर, विराटनगरले व्यापार सहजीकरणका लागि खुल्ला गरेको सडक पार्किङ प्रवन्धसँग व्यापारी दिक्क छन् भने सर्वसाधारणमा अन्यौलता देखिएको छ ।
यसो भन्छन्
विराटनगरका हिमालबाबु कार्की महानगरले एउटा ठोस निणय नलिएकोले समस्या भईरहेको बताउँछन् । ‘हिजो पार्किङ्ग थिएन, आज पार्कीङ्गको सुविधा छ, बाइक पार्क गरेर गयो आउँदा ह्विललक लागेको हुन्छ’ कार्कीले भने काम कारबाहीमा भने–कि सधैं एउटै नियम कामय होस्, हैन भने यस्तो अन्यौल हुने काम नगरेकै राम्रो ।
यसैगरी सीमा बरालले भने पार्किङ गर्न दिनुपर्ने बताइन् । उनले चाडपर्वमा बजारमा आउँदा सवारी पार्किङ गर्ने ठाउँ नपाए किनमेलमा असजिलो हुने दावी गरिन् । यसैगरी हुन्जेश मण्डलले महानगरपालिकाको निर्णयले हैरानीमा परेको बताए । उनले पार्किङ गर्न कुन स्थानमा खुल्ला गरिएको हो र कुनमा हैन भन्ने कुरा जानकारी नहुँदा समस्या भईरहेको बताए । उनले निर्णय परिवर्तन गर्दा हैरानी हुने गरेको सुनाए ।
के भन्छन् व्यापारी
ब्यापारी दिपेन्द्र घिमिरे एकतर्फी पार्किङ्गको सुविधा दिदाँ व्यापारमा सहज हुने बताउँछन् । उनले चाडपर्व मात्रै नभई अन्य बेलाको व्यापारमा पनि महानगरपालिकाले सहजीकरण गर्नुपर्ने बताए । अर्का व्यापारी कृष्ण पौदार पार्किङको लागि व्यापारीले आन्दोलन गर्नु परेको बताए । उनले महानगरपालिकाले सधैं पार्किङ खुल्ला गर्नुपर्ने तर्क गर्दछन् ।
छैन व्यवस्थित बजारको सोच
कुनै बेलाको विराटनगर देशकै ठूलो शहरमा पर्दथ्यो । अहिले विराटनगर देशका अन्य शहर भन्दा पछि परिरहेको छ । विराटनगरको बजारलाई सीमापार भारतको जोगबनीले किचिरहेको छ । त्यसमा पनि बजार व्यवस्थित नहुँदा विराटनगर मोह झन् खस्किदो छ । व्यवस्थित र शान्त बजारको परिकल्पना गर्ने व्यापारीमा पनि हुनुपर्ने सोच देखिदैन । जसले शहरलाई अस्तव्यस्त बनाईरहेको छ ।

इन्दु साह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्