विराटनगर महानगरका मेयर कोइराला अमेरिका प्रस्थान

विराटनगर महानगरका मेयर कोइराला अमेरिका प्रस्थान

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएको छ । यही असोज १३ गतेदेखि अमेरिकाको टेक्सासमा हुने सेमिनारमा सहभागी हुनका लागि मेयर कोइराला मंगलबार अमेरिका प्रस्थान गर्नुभएको हो ।

मेयर कोइरालालाई उपमेयर शिल्पा निराला कार्कीले विदाई गर्नुभयो । नेपाल नगरपालिका संघको समन्वयमा संयुक्त राज्य अमेरिकास्थित स्थानीय सरकारको व्यावसायिक विकास र सबलीकरणको क्षेत्रमा कार्य गर्ने संस्था इन्टरनेशनल सिटी म्यानेजमेन्ट एसोसिएसन (आइसीएमए) को आयोजनामा हुने सेमिनारमा नेपालबाट मेयर कोइरालाले सहभागिता जनाउनुहुनेछ । सेमिनारमा करिब ४० देशका स्थानीय सरकारका प्रमुख र प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ ।

सेमिनारमा स्थानीय सरकारका समसामयिक विषय तथा मुद्दाहरुमाथि छलफल हुनेछ । सेमिनारमा मेयर कोइरालाले नेपालको स्थानीय सरकार सञ्चालनका समस्या, चुनौती र अवसरका विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको मेयर कोइरालाका प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिनुभयो । मेयर कोइराला अमेरिकामा बसोबास गर्ने नेपाली समुदायले गर्ने विभिन्न कार्यक्रममा समेत सहभागिता जनाउने कार्यतालिका रहेको नवोदितले बताउनुभयो । न्यूयोर्क सिटी र वासिङ्टन डिसीका मेयरसित भेटघाटको कार्यक्रम तय भएको मेयर कोइरालाका प्रेस सल्लाहकार नवोदितले जानकारी दिनुभयो । साथै नेपाली समुदायहरुसित छलफल गरी विराटनगरमा लगानी भित्र्याउनका लागिसमेत मेयर कोइरालाले पहल गर्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्