विराटनगरमा एम्बुलेन्सबाट गाँजा बरामद, चालक पक्राउ

<span class='c1'>विराटनगरमा एम्बुलेन्सबाट गाँजा</span> <span class='c2'>बरामद, चालक पक्राउ</span>

विराटनगर । विराटनगर–१८ स्थित रेल–वे स्टेसन नजिक लाभाघाटबाट एम्बुलेन्समा लैजाँदै गरेको गाँजा बरामद भएको छ । प्रहरीले विशेष सुचना पाएपछि एम्बुलेन्सको डिकीमा लुकाएर सीमा कटाउन लैजाँदै गरेको गाँजा बरामद गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार एम्बुलेन्समा गाँजा रहेको सूचना आएपछि इलाका प्रहरी कार्यालय बुधनगरबाट प्रहरी परिचालन भएको थियो । खटिएको प्रहरी टोलिले चेकजाँचका क्रममा को १ च ४६१९ नम्बरको एम्बुलेन्सबाट २१.५ केजी गाँजा बरामद गरेको थियो । भारततर्फ लैजाँदै गरेको गाँजासहित राजन अधिकारी फाउन्डेसन धरानको नाममा रहेको एम्बुलेन्सका चालक गंगा सरकारलाई नियन्त्रणमा लिइएको छ । चालक धरान–११ निवासी हुन् ।

प्रहरीले त्यहि स्थानबाट परालमा लुकाई राखेको १६ किलो गाँजा समेत बरामद गरेको छ । खेतमा पराल भित्र लुकाएर राखेको गाँजा नजिकै प्रहरीले भारतीय नम्बर प्लेटको मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ परेका चालक, नियन्त्रणमा रहेको एम्बुलेन्स र बरामद गााँजाको सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्