विराटनगरलाई ‘च्यालेन्ज’ गर्दै रंगेली, हरितनगर अभियान

<span class='c1'>विराटनगरलाई ‘च्यालेन्ज’ गर्दै</span> <span class='c2'>रंगेली, हरितनगर अभियान</span>

प्रेम देवान
विराटनगर । मोरङ जिल्लाको पुरानो सदरमुकाम रगेंलीको रुप विस्तारै फेरिदैं गएको छ । वि.सं. १९७१ सालमा रंगेलीबाट विराटनगरमा सदरमुकाम सरेपछि पछाडी पर्दै आएको रंगेली संघीयता आएपछि आफ्नो पुरानो साखमा फर्कन थालेको हो । साविकको रंगेली बजार रहेको ठाँउलाई अहिले नगरपालिकाको केन्द्र बनाइएको छ ।

नेपाल सरकारले २०७१ साल बैसाख २५ गतेको निणर्यानुसार तत्कालिन रंगेली ,आमगाछी र टकुवा गाविस समावेश गरी रंगेली नगरपालिकाको रुपमा घोषणा गरेको थियो । २०७३ फागुन २७ को पुर्नसंरचनाको निर्णयानुसार साविक रंगेली ,आमगाछी, बवियाविर्ता र दर्बेशा गा.वि. समेत समायोजन गरिएको थियो ।

रंगेली नगरपालिकामा स्थानीय सरकारको पहिलो र दोस्रो निर्वाचनमा उद्योगी दिलिप बगडीया प्रमुखमा निर्वाचित भएका थिए । उनी अहिले पनि नगर प्रमुख रहेका छन् । रंगेली नगरपालिकाले आफ्नो विकासको सुरुवाती आफ्नै भवनबाट सुरु गरेको थियो । रंगेली नगरपालिकाको कार्यालयमा प्रवेश गर्न साथ त्यहाँको हरियाली वातावरणले स्थानीय सरकारको प्रशासन आकर्षक र मनमोहक रहेको छ ।

स्थानीय सरकारको कार्यालय घुम्न जाने आकर्षक गन्तव्य बन्दै गएपछि फोटो खिच्न र टिकटक बनाउनेको लर्को लाग्ने गरेको छ । चारैतिर हरियो दुवो विभिन्न प्रजातीका फुलका बगैंचाले मनै भुलाईदिन्छ ।

त्योसँगै रंगेली नगरपालिकाले स्वास्थ्य, शिक्षा विजुली , सडक , खानेपानी लगायत हरित नगरी बनाउने योजनासहित आफ्ना योजना सार्दै आएको छ । हरित शहर अभियानका लागि अहिले रंगेली नगरपालिका क्षेत्रमा पर्ने हुलाकी राजमार्गमा विरुवा लगाएर नगरको सुन्दरतामा नै फरक ल्याएको छ । जो कोही उक्त ठाँउमा घुम्दै पुग्यो भने रंगेली बजार क्षेत्रमा रोपिएका आकर्षित हरिया बिरुवाले मन तानिरहेको हुन्छ ।
वन तथा भू–संरक्षण विभागले गत जेठ १० गते खुला प्रस्ताव आव्हान गरेसंगै नगरपालिकाले पनि प्रस्ताव पेस गरेको थियो । विगतको कामको मूल्यांकन गर्दै असार ५ गते रंगेली नगरपालिका छनौटमा परेको हो ।

सो अभियान सञ्चालन गर्नका लागि वन तथा भू–संरक्षण विभागले संघीय सरकारबाट ४१ लाख ६२ हजार ५ सय रुपैयाँ सहयोग प्रदान गरेको थियो । अहिले हुलाकी राजमार्ग अन्र्तगत रंगेलीको पश्चिम वेतौना पुलदेखी मधुवनी सम्मको ७ किलो मिटर अन्तर्गत ५ किलो मिटरमा व्यवस्थित रुपमा विरुवा रोपिएको रंगेली नगरपालिकाका योजना प्रमुख कृष्ण भट्टराईले जानकारी दिएका छन् ।

यता रंगेली बजारलाई हरित नगरी बनाउनको लागि सो क्षेत्रमा तीन हजार ३० बिरुवा लगाइएको रंगेली नगरपालिकाका नगर प्रमुख बगडीयाले जानकार दिए । जसमध्ये १५ सय रेड ईन्डिका र १५ सय ३० विरुवा सिजिएम जातका छन् । रोपिएका विरुवाको रेखदेख एंवम संरक्षण गर्नको लागी नगरपालिका संगै स्थानीय उपभोक्ता समितिका अध्यक्ष विनोद गिरीको संयोजकत्वमा समिती बनाईएको छ । अहिले बिरुवा रोपिएको छ ।

रंगेलीको पहिचानको सनसारी माईथान ,काली मन्दिर , तिरुपति पार्कलाई मानिन्छ । प्रसिद्ध कालि मन्दिर र सनसारी माईथान नेपाल–भारतका श्रद्धालु आस्थावानहरुको धार्मिकस्थलको रुपमा चिनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्