विराटनगरमा १९ वर्षपछि नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलन

<span class='c1'>विराटनगरमा १९ वर्षपछि नेपाल</span> <span class='c2'>जेसीज क्षेत्र ‘क’ सम्मेलन</span>

विराटनगर । विराटनगरमा १९ बर्षपछि नेपाल जेसीज क्षेत्र ‘क’ को सम्मेलन हुने भएको छ । विविध साँस्कृतिक कार्यक्रम सहित मोटिभेसनल प्रशक्षिण लगायत एकदर्जन भन्दा बढी कार्यक्रम गरी जेसीज क्षेत्र क सम्मेलनको तयारीमा जुटेको हो ।

जेसीज विराटनगरले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी असोज १२ र १३ गते विराटनगरको सिटी प्यालेसमा जेसीज सम्मेलन गर्ने जनाएको छ । कार्यक्रमको पहिलो दिन सम्मेलनको उद्धघाटन कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले गर्ने जनाइएको छ ।
उद्घाटन कार्यक्रम पश्चात् पहिलो साधारण सभा सम्पन्न गरी जुनियर जेसीज मिटिङ र सिनेटर मिटिङ हुने पत्रकार सम्मेलनमा जनाइएको छ ।
पावर अफ विलिफ कार्यक्रममा युवा मोटिभेसनल स्पिकर सृष्टि केसिले प्रशिक्षण दिने जनाइएको छ भने नेपाल जेसीजका उपाध्यक्ष गुरुदेव पौडेलको सयोजकत्वमा क्षेत्र क स्तरिय वक्तृत्वकला कार्यक्रम सम्पन्न हुने बताइएको छ ।

पहिलो दिनको अन्तिम कार्यक्रमका रुपमा विराटनगर क्षेत्रको मौलिक खानपान तथा सस्कृती प्रबर्द्धन गर्दै विराटनगर नाइट कार्यक्रम हुने विराटनगर जेसीजका अध्यक्ष अभिनास थापाले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यस्तै दोश्रो दिनको पहिलो कार्यक्रम अन्तर्गत विराटनगरको मौलिक संस्कृती झल्कने झाकी सहित विभिन्न नृत्य प्रस्तुत गर्दै शान्ती ¥याली निकालिने थापाले बताए ।

साथै कार्यक्रममा सहभागीहरुलाई दृश्यावलोकन भ्रमण औद्योगिक नगरी विराटनगरका विभिन्न औद्योगिक क्षेत्र तथा प्राचीन सभ्यता बोकेको बिराट राजाको दरवार क्षेत्र भ्रमण गराइने छ । साथै सेमिनार कार्यक्रममा सङ्घिय सासद योगेन्द्र मण्डल , योगेश भट्टराई र सविधान सभा सद्स्य डाक्टर मिनेन्द्र रिजाल वक्ताको रुपमा रहेका छन् । कार्यक्रममा कान्तिपुर टेलिभिजन तथा ग्यालेक्सी टेलिभिजन लगायतका सस्थामा आवद्ध भई सञ्चार जगतमा छुटै पहिचान बनाएका रुपेश श्रेष्ठले मन्च मन्त्र – पब्लिक स्पिकिङ तालिम दिने बताइएको छ ।

कार्यक्रमलाई थप आकर्षण बढाउन राष्ट्रिय कलाकार बिपिन कार्की , तथा अन्य स्थानिय कलाकारहरुको समेत प्रस्तुति रहने पत्रकार सम्मेलनमा जनाइएको छ । साथै कार्यक्रममा राष्ट्रिय आविस्कार केन्द्र संचालन गरिरहेका महाविर पुनलाई नगद राशी सहित अवार्ड वितरण गरिने जेसीज सम्मेलनका निर्देशक ठाकुर प्रसाद आचार्यले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । कार्यक्रममा जेसीजका अध्यक्ष , पुर्व अध्यक्ष , जेसीज , जुनियर जेसीज लगायत करिब १५ सय बढी युवाको सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिएको छ । विराटनगरको सिटी प्यालेसमा हुने दुईदिने सम्मेलनको सम्पुर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्