कृषकलाई ऋण प्रवाह गर्न विराटनगर–१६ मा दरैहिया कृषि सहकारी स्थापना

<span class='c1'>कृषकलाई ऋण प्रवाह गर्न विराटनगर–१६</span> <span class='c2'>मा दरैहिया कृषि सहकारी स्थापना</span>

विराटनगर । विराटनगर–१६ मा नयाँ सहकारी सञ्चालनमा आएको छ । कृषकलाई ऋण प्रवाह गर्ने उद्देश्यले श्री दरैहिया कृषि सहकारी स्थापना गरिएको हो । सहकारीको बिहीबार मोरङ क्षेत्र नम्बर ५ का संघीय सांसद योगेन्द्र मण्डलले उद्घाटन गरेका छन् ।

सहकारीमा संस्थागत ३४ सदस्य छन् । शेयर सदस्यहरुबाट सात सदस्यीय तदर्थ समिति गठन गरिएको छ । सहकारीको अध्यक्ष कुलप्रसाद खतिवडा र सचिव रोशनकुमार मण्डल चयन भएका हुन् ।

विराटनगर १६ मा कृषि क्षेत्रमा आवद्ध किसानहरुको संख्या उल्लेख्य रहेका कारण कृषि सहकारीमार्फत उनीहरुलाई सहयोग गर्ने लक्ष्य राखिएको अध्यक्ष खतिवडाले जानकारी दिए । न्यून आयआर्जन भएका नागरिकलाई सहकारीमा शेयर सदस्यको रुपमा आवद्ध गरेर राज्यका अनुदानहरु सहकारीमार्फत उनीहरुसम्म पु¥याउने योजना राखिएको सचिव मण्डलको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्