पत्रकार महासंघ मोरङमा प्रेस सेन्टरद्वारा एकता आह्वान

<span class='c1'>पत्रकार महासंघ मोरङमा प्रेस</span> <span class='c2'>सेन्टरद्वारा एकता आह्वान</span>

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखामा देखिएको विवाद समाधान गर्दै पत्रकारबीच एकता कायम गर्न आह्वान गर्दै प्रेस सेन्टर मोरङले लगाएको ताला खोलेको छ । सामाजिक संस्थामा लामो समयसम्म तालाबन्दी गर्दा त्यसले पार्ने असरलाई ध्यान दिदैं बिहीबार ताला खोलेर सबै पत्रकारबीच एकता आह्वान गरिएको हो ।

अध्यक्षको अनुपस्थितिमा कार्यवहाक दिने विषय विवादमा परिणत भएको थियो । त्यसको विरोधमा महासंघ मोरङमा सेन्टरले तालाबन्दी गरेको थियो । तर, केन्द्रीय समितिले विधानको व्याख्या गरेर विवाद निरुपणमा सहयोग गर्ने र प्रदेश समितिले त्यसलाई कार्यन्वयन गराउने प्रतिवद्धता जाहेर गरेपछि ताला खोलिएको प्रेस सेन्टर मोरङका अध्यक्ष अर्जुन आचार्यले जानकारी दिए ।

प्रेस सेन्टर मोरङको बिहीबार बसेको बैठकले शाखामा देखिएको समस्या समाधानका लागि सल्लाहाकार, पूर्व अध्यक्ष, संघ संगठनसँग आग्रह गर्दै तालाबन्दीको कार्यक्रम स्थगीत गर्ने निर्णय गरेको थियो । निर्णयपछि महासंघ मोरङका सचिव नेत्र पी अधिकारको उपस्थितिमा ताला खोलेर दैनिक कार्यका लागि सहजीकरण गरिएको हो । सचिव अधिकारीले महासंघको सरोकारवाला संगठनले लिएको निर्णयको स्वागत गर्दै केन्द्रीय समितिले गर्ने विधानको व्याख्याका आधारमा बाँकी कामकारवाहीको जिम्मेवारी तय हुने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्