विराटनगरमा एमालेको प्रदेश अधिवेशन : रुख रोप्ने ठाउँमा झण्डा फरर

<span class='c1'>विराटनगरमा एमालेको प्रदेश अधिवेशन :</span> <span class='c2'>रुख रोप्ने ठाउँमा झण्डा फरर</span>

विराटनगर । विराटनगरमा नेकपा एमालेको कोशी प्रदेश अधिवेशन शुक्रबार उद्घाटन भएको छ । यो शनिबार सम्पन्न हुने दावी गरिएको छ ।

एमालेको अधिवेशन भईरहेको मनास्लु होटल परिसर झण्डा, व्यानर, पम्प्लेटले भरिएको छ ।

पार्टीको आन्तरिक कार्यक्रममा समेत भड्किलो प्रचारशैलीले सूचना–प्रविधिको युगलाई चुनौती दिएको छ । सूचना र प्रविधिको युगमा समेत झण्डा, व्यानर, तुल, पम्प्लेट जस्ता सामाग्री टाँगेर फोहोर र भद्दा पारिएको छ ।

कोशी राजमार्ग अन्तर्गत विराटनगरको बरगाछीदेखि कन्चनबारीसम्मको सडक झकिझकाउ पारिएको छ । यद्यपी यो दलको कार्यक्रमका लागि सांकेतिक महत्व भएपनि महानगरको लागि फोहोरको चुनौती पर्दछ । राजमार्गको केन्द्र भागमा रहेको डिभाइडरमा रुख रोप्नुपर्नेमा झण्डा रोपिएको छ । उक्त पम्प्लेटमा प्रथम कोशी प्रदेश अधिवेसन नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको छ । त्यसमाथि एमालेको झण्डा राखिएको छ ।

विराटनगर महानगरले केही महिना पहिले मात्र सडक सरसफाई अन्तर्गत बिद्युतका पोलको पम्प्लेट उप्काएको थियो । त्यति मात्रै नभई शहर भरीको अव्यवथित तारको व्यवस्थापन गराएको थियो । शहरलाई सफा राख्न विराटनगरले गरेको यो कार्यमा एमालेको कोशी अधिवेशन भने चुनौती दिने प्रकारको देखिएको हो ।

महानगरपालिकाले जथाभावी होडिङ बोर्ड टाँग्न तथा पेम्प्लेट टास्न, झुन्ड्याउन निषेध गरेको छ । विराटनगर महानगरपालिकाका नगर प्रहरी राजन पौडेलले औपचारिक कार्यक्रमका लागि यस्तो कार्य गर्दा अनुमति लिएर गरे अलिक सुन्दर हुने बताउँछन् । उनले यसरी टाँगिएको पम्प्लेट र ब्यानरको व्यवस्थापन पनि आयोजक आफैंले गरेर असल संस्कार देखाउनेमा आफु विश्वस्त रहेको बताए । उनले भने आयोजकले आफ्नो कर्तव्य भुल्न सक्दैन भने मात्रै अधिकार माग्न पनि सहज हुनेछ ।

इन्दु साह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्