नेपाल उद्योग परिसंघ कोशी अध्यक्षमा विराटनगरका उद्योगी पवन शारडा

नेपाल उद्योग परिसंघ कोशी अध्यक्षमा विराटनगरका उद्योगी पवन शारडा

विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेशको अध्यक्षमा विराटनगरका उद्योगी पवनकुमार शारडा चयन भएका छन् । कोशीका अध्यक्ष भीम घिमिरे केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएपछि प्रदेशमा शारडाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो ।

नवनिर्वाचित अध्यक्ष शारडालाई निवर्तमान अध्यक्ष घिमिरेले पद हस्तान्तरण गरेका छन् । अध्यक्ष शारडा अध्यक्ष रहेको परीसंघ कोशीको वरिष्ठ उपाध्यक्षमा प्रकाश मुन्दडा, उपाध्यक्षमा नवलकिशोर काबरा, देवेन्द्रप्रसाद गुप्ता, सुशिल जोशी, कृष्ण अग्रवाल र गिरीजा शारडा चयन भएका छन् । यसैगरी घनश्याम काबरा, रमेश राठी र गिरीन लुनियालाई मानार्थ उपाध्यक्षमा चयन गरिएको छ । कोषाध्यक्षमा साकेत राठी चयन भएका छन् ।

यसैगरी कार्यसमिति सदस्यमा राजेन्द्र राठी, बेदान्त जाजु, कर्ण रायमाझी, डेनिस कार्की, दिवस सुवेदी, मधुर दुगड, ऋषभ दाहाल, मुकेश कोठारी, जितेन्द्र राठी, अविदअली अंसारी, अजिता बराल, पुनित पौडेल, हरिवंश राठी, सन्नी अग्रवाल, पवन पंकज पारख, दिवाकर राठी र अजय राठीलाई चयन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्