विराटनगरमा भोलि निःशुल्क आँखा शिविर हुने

<span class='c1'>विराटनगरमा भोलि निःशुल्क</span> <span class='c2'>आँखा शिविर हुने</span>

विराटनगर । भास्कर आई केयर एण्ड ग्लकोमा सेन्टर प्रालि र नेपाल ग्रामीण विकास समाज केन्द्रको संयुक्त आयोजनामा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।

असोज १३ गते शनिबार बिहान १० बजेदेखि २ बजेसम्म विराटनगर-९ भानु टोलस्थित नेपाल ग्रामीण विकास समाज केन्द्रको प्राङ्गणमा एक दिने निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने भएको हो ।

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा आयोजना गरिएको शिविरमा ज्येष्ठ नागरिक सँगै आम सर्वाधारणले समेत आएर आँखा जाँच गराउन सक्ने नेपाल ग्रामीण विकास समाज केन्द्रको संस्थापक अध्यक्ष मणि कुमार अर्ज्यालले बताए।

ग्रामीण विकास समाजले जेष्ठ नागरिकहरुलाई नि:शुल्क फिजियोथेरापी सेवा दिदै आएको संस्थापक अध्यक्ष अर्ज्यालले जानकारी दिए।

आगामी दिनहरुमा समेत निरन्तर रुपमा नि:शुल्क आँखा शिविरहरु संचालन गरिने भाष्कर आई केयर एण्ड ग्लकोमाका बरिष्ठ जलबिन्दु तथा नेत्र रोग विशेषज्ञ डा.भाष्कर झाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्