विराटनगरमा एकीकृत बाल स्वास्थ्य शिविर कार्यक्रम

विराटनगरमा एकीकृत बाल स्वास्थ्य शिविर कार्यक्रम

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १२ ले स्वास्थ्य शिविरको आयोजना गरी २४० जना भन्दा बढी बालबालिकाको नि:शुल्क स्वास्थ्य चेकजाँच गरेको छ ।

वडा नं. १२ ले शुक्रबार बखरी स्वास्थ्य चौकीमा १ दिने एकीकृत बाल स्वास्थ्य शिविर कार्यक्रम राखेर स्थानीय बालबालिकाको कुपोषण चेकजाँच गरेको हो ।

चेकजाँचका क्रममा मात्र दुईजनामा कुपोषणको लक्षण देखा परेको छ । कोशी अस्पतालका बालरोग बिशेषज्ञ डाक्टरहरुले बालबालिकामा कुपोषण भए/नभएको चेकजाँच गरेका हुन् ।

कार्यक्रममा कुपोषणको लक्षण देखिएका बालबालिकालाई पोषण झोला समेत उपलब्ध गराईएको बखरी स्वास्थ्य चौकीले जनाएको छ । बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार ल्याउन झोलामा चामल, दाल, भटमास, दुध, अण्डा र केरा लगायतका पोषणयुक्त खानेकुरा महानगरको तर्फबाट नि:शुल्क प्रदान गरिएको बताईएको छ ।

उनीहरु पूर्णतः स्वस्थ नहुन्जेलसम्म उक्त खानेकुरा उनीहरुलाई उपलब्ध गराईने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । कुपोषण सम्बन्धी जनचेतना अभिवृद्धिका निम्त्ति समेत स्वास्थ्य शिविरले महत्वपूर्ण भुमिका खेल्ने महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले बताए ।

बाल स्वास्थ्य बिशेष कार्यक्रम अर्न्तगत विराटनगर महानगरपालिकाले कुपोषण भएका बालबालिकाको निःशूल्क उपचार व्यवस्था समेत मिलाएको छ ।
विराटनगर–२ स्थित मोरङ सहकारी अस्पतालमा गरिब तथा विपन्न वर्गका बालबालिकाको नि:शुल्क उपचारको प्रबन्ध मिलाईएको जनाईएको छ । महानगरले यसअघि भने वडा नं. १९ मा यो स्वास्थ्य शिविर सम्पन्न गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्