विराटनगर । राजवंशी समाज उत्थान समिति विराट अन्र्तगतको विराट राजवंशी महिला समुहले जितिया उत्सव मनाएका छन् । विराटनगर १२ स्थित सामुदायिक भवनमा शनिबार एक कार्यक्रम आयोजना गरी जितिया उत्सव मनाएका हुन् ।
कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले चाडपर्वले एकअर्को समुदायलाई जोड्ने भएकाले समुदायको संस्कृतिलाई संरक्षण गरिनुपर्ने बताइन् । उनले सबै समुदायका चाडपर्वहरु निश्चित र विशिष्ठ उद्धेश्य बोकेको हुनाले समुदायका चाडपर्व र संस्कृति संरक्षण आवश्यक रहेको बताइन् । उनले चाडपर्वको संरक्षणगर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताइन् ।
कार्यक्रम संयोजिका सुशिला राजवंशीले जितिया राजवंशी महिलाहरुको मौलिक र निष्ठाको पर्व रहेको बताइन् । विराटनगर १२ का वडासदस्य कुशेश्वर राजवंशीले बखरीमा २०६३ सालदेखी निरन्तर जितिया उत्सव मनाउदै आएको बताए ।
कार्यक्रममा समाजसेवी बसन्त राजवंशी,आयोजक समुहकी सचिव देविका राजवंशी लगायतले संस्कृति संरक्षणमा लागि पर्नुपर्नेमा जोड दिए ।सो अवसरमा समुदाय भित्रका कलाकारहरुले सास्कृतिक नृत्य प्रस्तुत गरी सहभागीहरुलाई मनोरन्जन प्रदान गरेका थिए ।