कोशी प्रदेश एमाले अधिवेशन : उमेदवारहरुको अन्तिम नामावली प्रकाशन

कोशी प्रदेश एमाले अधिवेशन : उमेदवारहरुको अन्तिम नामावली प्रकाशन

विराटनगर ।‌ नेकपा एमाले कोशी प्रदेशको नेतृत्व चयनका लागि उमेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार दिउँसो अन्तिम नामावली प्रकाशन गरेको हो।

मनोनयन उपर दाबी विरोध तथा फिर्ता लिने समय सकिएपछि नामावली प्रकाशन गरिएको हो । प्रमुख निर्वाचन अधिकृत चुणामणि आचार्यले नेतृत्व चयनका लागि तोकिएको कार्य तालिकाभन्दा ढिलो गरी निर्वाचन शुरु हुने जानकारी दिए ।

ढिलोमा अपराह्न १२ बजे मतदान शुरु गर्ने तयारी भएपनि कार्यतालिका भन्दा ढिलो शुरु भएको बताउदै उनले नामावली प्रकाशन भएसंगै मतपत्र प्रकाशन गर्न पठाइएको आचार्यले बताए ।

अध्यक्ष सहित पाँच पदाधिकारी चयन गर्न निर्वाचनमा ९९७ जना प्रतिनिधिले मतदान गर्नेछन् । अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडा चुनावी प्रतिस्पर्धामा छन् । अध्यक्ष पदका उम्मेदवार विनोद ढकालको प्यानलमा सचिव शैलेश लामा र उपसचिव खेम नेपाली छन् । उपसचिवमा भविश्वर गुरुङले उम्मेदवारी फिर्ता लिएका छन् ।‌

यसैगरी अध्यक्ष घनश्याम खतिवडाको प्यानलमा राजकुमार भण्डारी सचिवको उमेदवार छन् । उपसचिवमा जलवर्षा राजवंशी र देवान राईले उमेदवारी दिएका छन् ।‌
उपाध्यक्ष टिका चेम्जोङलाई दुबै प्यानलको समर्थन थियो ।‌सो पदमा उनको मात्र उम्मेदवारी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्