विराटनगरको सामाजिक संस्थाले लगाए ‘जेब्रा क्रसिङ’मा रङ

<span class='c1'>विराटनगरको सामाजिक संस्थाले लगाए</span> <span class='c2'>‘जेब्रा क्रसिङ’मा रङ</span>

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगरको तीन ठाउँको सडकमा ‘जेब्रा क्रसिङ’ मा रङ लगाएको छ ।

विराटनगर – ९ ट्राफिक चोकसहित मुख्य क्षेत्रको सडकहरूमा सोमबार जेब्रा क्रसिङ्गमा रङ लगाएको हो ।

ट्राफिक चोकसहित विराटनगरको जलजला चोक र सत्यनारायण स्कुल अगाडीको सडकमा जेब्रा क्रसिङ्ग गरिएको मोरङ ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए । सडक जेब्रा क्रसिङ्ग खुइलिएर यात्रुहरूलाई बाटो काट्न असहज भएपछि सामाजिक संघसंस्थाहरूसँग सहकार्य गरेर जेब्रा क्रसिङ्गमा रङ लगाएको उनले बताए ।

नेपाल वैश्य सेवा संघ मोरङ र एनएमएसआरए मोरङको सहयोगमा तीन ठाउँमा जेब्रा क्रसिङ्गमा रङ लगाएको हो । विराटनगरको मुख्य चोकहरुमा सर्वसाधरणको आवतजावत बढी हुने र जेब्रा क्रसिङ्ग नदेखिदा बाटो पार गर्न अत्यन्तै कठिनाइ भएको थियो । सडक विभाग र विराटनगर महानगरपालिकाले बनाउनुपर्ने जेब्रा क्रसिङ सम्बन्धित निकायले चासो नदेखाएपछि सामाजिक संघसंस्थाको सहयोगमा बनाइदिएको नेपाल वैश्य सेवा संघ मोरङ्ग अध्यक्ष गणेश कुमार साहले बताए ।

कार्यक्रममा संघको उपाध्यक्ष महेश कुमार साह, सचिव सन्तोष साह, कोषाध्यक्ष शिवनारायण गुप्ता, सदस्यहरु अभिषेक कुमार भगत,राजेश भगत,राम प्रसाद साह,प्रमोद कुमार साह, एनएमएसआरए विराटनगरका अध्यक्ष प्रमोद कुमार साह, उपाध्यक्ष रोशन न्यौपाने, सचिव दिपेन्द्र कार्कीलगायतको उपस्थिती रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्