विराटनगर । विराटनगर–४ कन्चनबारीस्थित बनाउदै गरेको घरमा एक जना पुरुषको शव भेटिएको छ ।
करिब पाँच दिन अगाडी मृत्यु भएको अन्दाजी ३०–३५ उमेरका पुरूषको सोमबार दिउँसो शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।
मृत भेटिएका पुरुषको पहिचान खुलेको छैन । तराईबासी जस्तो देखिने पुरुषको शव भेटिएपछि मोरङ प्रहरीले घटना मुचुल्का उठाएर पोस्टमार्टम गर्नका लागि कोशी अस्पतालमा लगिएको छ ।
पहिचान नखुलेको पुरुषको शव नहरको ढिलमा रहेको टिनको छाप्रो भएको ठाउँमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घटना बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।