विराटनगरबाट लागुऔषधसहित एकजना पक्राउ

<span class='c1'>विराटनगरबाट लागुऔषधसहित</span> <span class='c2'>एकजना पक्राउ</span>

विराटनगर । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीबाट ड्युटीमा खटिएको टोलीले लागुऔषधसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
सुनसरी दुहबी नगरपालिका वडा नं. ६ राई टोल बस्ने ५५ वर्षीय सन्जय भगत (साह) लाई सोमबार सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
विराटनगर महानगरपालिका वडा नं. १६ स्थित दरहिया चोकमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीबाट ड्युटीमा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक सुम बहादुर दर्जीको कमाण्डको टोलीले भारतबाट नेपालतर्फ कालो हरियो रंगको होण्डा कम्पनीको डियो ब्राण्डको को ३७ प ५६१३ नम्बरको स्कुटरमा आउँदै गर्दा शाहलाई नियन्त्रणमा लिइएको शस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीका प्रमुख डिएसपी लोकेन्द्र सुब्बाले जानकारी दिए ।
डिएसपी सुब्बाका अनुसार शाहलाई चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागूऔषध (खैरो हिरोइन) जस्तो देखिने पदार्थ (५.३९०) ग्राम फेला परेको हो ।
शाहलाई नियन्त्रणमा लिई प्रतिबन्धित लागूऔषध (खैरो हिरोइन) जस्तो देखिने पदार्थ सहित आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय रानी, मोरङमा पठाइएको डिसपी सुब्बाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्